बबिता रिजाल, जेठ २९ प्युठान। स्वर्गद्धारी नगरपालिका वडा नं. ५ को सारी साउनेपानि घडेरीखोला लिफ्ट खानेपानि आयोजनाको काम सकिएर पानी सञ्चालनमा आउँदा खुुसी सँगै भावुक बनाएको वडा अध्यक्ष गिर बहादुर घर्तिले बताउनुएको छ । जेठ २८ गते खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय प्यूठानका प्रमुख बेद प्रसाद आचार्य , वडा अध्यक्ष गिर बहादुर घर्ती मगर , उपभोक्ता समितिको अध्यक्ष एवं वडा सदस्य खेत बहादुर राहु लगायत उपभोक्ता हरुको उपस्थितिमा निरीक्षण गरि केही सुधारका लागि सल्लाह दिदै साउनेपानि घडेरीखोला लिफ्ट खानेपानि सञ्चालन भएको छ ।
खानेपानि सञ्चालनमा आए पश्चात बर्षौ देखि को जनताको सपना पूरा भएको अध्यक्ष घर्तिले बताउनु भयो । उहाँले भन्नुभयो “ खुशी संगै भावुक बनाएको छ । २०७९ बैशाख ३० गतेको निर्वाचन पछि कार्यलय प्रवेश गरेपछि प्रत्येक दिन सिस्नेरी साउनेपानी खानेपानीको विषय लगायत वडाको सबै बिषयमा हरेक दिन सम्बन्धित कार्यलय , मन्त्रालयमा काम सम्पन्न गर्नका लागि पटकपटक घचघचाउने काम गरेँ । हाम्रो तर्फबाट गर्न सक्ने कुनै कसुर बाकी राखेनौ र आज खानेपानि सञ्चालनमा आउँदा खुसीको कुनै सिमा छैन । हाम्रा थुप्रै योजनाको काम सम्पन्न हुदा हुँदै पनि यो आयोजना सम्पन्न नहुदा आत्मसन्तुष्टि नै मिलेको थिएन । ”
गत बर्ष नै पानी खुवाउने लक्ष्य राखेर आफ्नो व्यक्तिगत लगानी , समुदायको लगानी हुदाहुदै विविध कारण पुरा गर्न नसकिएको र यश बर्ष सबैको सहयोग र खानेपानी तथा सरसफाइ डिभिजन प्यूठान र स्वर्गद्वारी नगरपालिका वडा नं ५ को २ लाख सहित योजना सम्पन्न भएको वडा अध्यक्ष गिरबहादुर घर्ति बताउनुहुन्छ ।
यो आयोजना सम्पन्न भए संगै घण्टौ सम्म पानी बोकेर खानुपर्ने समस्या समाधान भएको छ । वर्षौंदेखि आशामा बसेका साउनेपानी सिस्नेरीका बासीन्दाहरु लाई सहजरूपमा पिउनेपानि सुचारु भएको छ ।
यस्तै अध्यक्ष घर्तिले खानेपानिको समस्या रहेका स्यानिलेख , सारीकोट र मौवारीका बस्तीहरुमा पनि आगामी आर्थिक बर्षमा काम सम्पन्न गरि खानेपानि सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।