गजल
Advertisement
हरेक पल तिमी मेरो ,यादमा आइदिन्छौ
हरेक साझ बिहान ,सपनी मा धाइदिन्छौ
कैले काहीँ सार्है झ ,झल्को लाग्दा मलाइ
हेर्दै बस भन्दै आफ्नो, तस्बिर पठाइदिन्छौ
याद आउदा तस्बिर , हेरि यो मन बुझाउला
भेट हुदा अङ्गालो बेर्दै, काखमा निदाइदिन्छौ
म अलिकती रोइदिदा, पनि तिमिले मलाइ
नाना थरी मजाक गर्दै , यस्सै फकाइदिन्छौ
दुनियाले आलो घाउमा, नुन चुक छरिदिए नि
तिम्रो कोमल मन दुखाउदै,मलम लगाइदिन्छौ
हिरामाया श्रेष्ठ
गजुरी १ धादिङ