प्युठान, ३२ जेठ (जनखोजी)ः प्युठानको ऐरावती गाउँपालिका–६ बिजुलीमा रिबाट लडेर एक पुरुषको मृत्यु भएको छ । स्थानीय काल्ने निवासी ७१ वर्षीय मंगलसिंह खत्रीको शुक्रबार विहान मृत्यु भएको हो ।
बिहानै साढे ११ बजेको समयमा घर नजिकै रहेको हाडीखोलाको पखेरामा गएका बेला भिरबाट लडेर मृत्यु भएको भएको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार भिरदेखि करिब एक सयम मिटर तल खसेर उनको मृत्यु भएको हो ।
Advertisement


