पशुपती न्याैपाने
प्युठान, १ असार (जनखाेजी): एकीकृत अखिल नेपाल शिक्षक संगठन प्युठान नगरपालिकाकाे दाेस्राे नगरपरिषद आज बहुउद्देश्यीय शैक्षिक भवन पुण्यखाेला प्युठानमा सम्पन भएकाे छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन प्युठान नगरपालिकाका अध्यक्ष बामदेव पाेख्रेलकाे अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टि माआेवादी केन्द्र प्युठान संयाेजक यज्ञ बहादुर केसी प्रमुख अतिथी रहनु भएकाे थियाे । केसीले अब भाषण र दर्शन दिएर सिकाउने कार्य अन्त्य गरि परिणाम दिने गरि शिक्षण गर्न शिक्षकहरूलाई सुझाब दिनु भयाे ।
प्युठान नगरपालिकाका नगरप्रमुख विष्०ाु बहादुर याेगिले नगरपालिकाका शिक्षकहरूकाे संख्या र विद्यार्थीहरूकाे संख्याकाे अनुपात हेरर दरवन्दी मिलान गर्ने र धेरै सिकाई उपलब्धि हासिल गर्ने शिक्षकहरूलाई सम्मान गर्ने कुरा बताउनु भयाे । नगरपालिकाले आगामी दिनमा शिक्षककाे कार्यशैली हेरी उचित सम्मान गर्ने कुरा बताउनु भयाे ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष कमल जिसीले भर्खरै लागू हुन लागेकाे सरूवा सम्वन्धी कार्य विधि शिक्षण सिकाई र बिद्यालयकाे आवश्यकता अनुकुल हुनुकाे सट्टा सस्ताे लाेकप्रियता भएकाे हुदाँ उक्त कार्य विधि फेल भईसकेकाे कुरा बताउनु भयाे ।
उक्त कार्यक्रममा शिक्षक नेता कृष्ण घिमिरेले शिक्षकहरूकाे समस्या समाधानकाे लागि आबाज उठाउने कुरामा आफु कुनै पनि हालमा पछि नपर्ने, र पेशागत हितकाे लागि सघै दत्तचित्त भएर लाग्ने कुरा बताउनु भयाे ।
उक्त कार्यक्रममा प्रदेश उपाध्यक्ष विस्नु प्रसाद पाेख्रेल , जिल्ला वरिष्ठ उपाध्यक्ष नरवहादुर घर्ती, उपाध्यक्ष जायश्वर जैसी लगायतका शिक्षकहरूले पेशागत हितमा आवाज उठाउनु भएको थियाे । संगठनकाे सांगठनिक प्रतिवेदन सचिव रमेश गिरीले प्रस्तुत गरेकाे कार्यक्रममा स्वागत भाषण उपाध्यक्ष बसन्ता गिरीले गर्नु भएकाे थियाे ।
परिषदले एकीकृत अखिल नेपाल शिक्षक संगठन प्युठान नगरपालिकाकाे अध्यक्ष पदमा रमेश गिरी र सचिव पदमा टिकाराम रिजाललाई छनाेट गरि २१ सदस्यीय समिति गठन गरेकाे छ । जस्मा उपाध्यक्ष बिष्णु बहादुर केसी र रमेश शाह महिला उपाध्यक्षमा बसन्ता गिरी, सहसचिव टंकेश्वर न्याैपाने, काेषाध्यक्षमा सीता केसी रहनु भएकाे छ । त्यसैगरी सदस्यहरुमा माधव गिरी, शिवराज पाेख्रेल, मनीराम राना, रामचन्द्र सुनार, बालाराम भट्टराई, तिलक बहादुर वि क, पदम प्रसाद शर्मा (पवन), अनिता पुन, तिर्थ पुन, शारदा पाेख्रेल, सरद पाेख्रेल , मधुसूदन गिरी, निरज पुन र निर्मला थापा रहनु भएकाे छ ।