प्युठान, २६ असार(जनखाेजी): जिल्ला स्तरीय हाजिरीजवाफमा सत्य माध्यमिक विद्यालय प्रथम भएको छ ।
बुधबार विजयफुलवारी बचत तथा ऋण सहकारी संस्था लि. प्युठान नगरपालिका-३ जुम्री प्यूठानकाे आयाेजनामा विजय फुलवारी साकाेसकाे सभाहल जुम्री प्युठानमा भएको माध्यमिक तहकाे जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हाे । प्रतियोगिताबाट प्रथम सत्य माध्यमिक बिद्यालय झिमरूक गाउँपालिका-७ प्रथम, भानुभक्त माध्यमिक विद्यालय मल्लरानी गाउँपालिका-३ बर्बाेट द्वितीय , जनता माध्यमिक विद्यालय प्युठान नगरपालिका-८ र क्षेत्र बिकास माध्यमिक विद्यालय प्युठान नगरपालिका-७ सान्त्वना भएका छन् ।
सहकारीकाे महत्वलाई विद्यार्थी मार्फत उजागर गर्न कार्यक्रम गरिएकाे व्यवस्थापक प्रकाश बैद्यले जानकारी दिनुभयाे । उहाँले पछिल्लाे समयमा सहकारी प्रति नकारात्मक धारणालाई उजागर गरी सहकारी प्रति सकारात्मक दृष्टिकोण निर्माण हुने बताउनुभयाे ।
जिल्ला शिक्षा समन्वय इकाईकाे समन्वयमा प्रश्नहरू तयार गरिएको थियाे ।
जिल्ला शिक्षा तथा समन्वय इकाइ प्युठानका प्रमुख दुर्गा खड्काले अतिरिक्त क्रियाकलापमा विद्यार्थीले ज्ञान राख्नु पर्नेमा जाेड दिनुभयाे ।
हाजिरीजवाफ कार्यक्रममा १० माध्यमिक बिद्यालय सहभागी भएको जानकारी दिनुभयाे । हाजिरीजवाफमा प्रथम हुनलाइ रू ७३३३, द्वितीयलाई रू ६००० , तृतीयललाइ रू ४६६६ र सान्त्वनालाई रू २६६६ , प्रमाणपत्र प्रदान गरिएको थियाे ।
जिल्लामा ७ स्थानीय तहमा कार्यक्षेत्र रहेकाे सहकारीमा ५ हजार ७ सय सदस्य, २७ कराेड वरावरकाे पूजी रहेकाे छ ।
जिल्ला स्तरीय हाजिरीजवाफमा सत्य मा.वि. प्रथम
जिल्ला स्तरीय हाजिरीजवाफमा सत्य मा.वि. प्रथम
Advertisement
तपाईको प्रतिक्रिया