साउन ८,प्युठान (जनखोजी):अखिल क्रान्तिकारी ऎरावति गाउँपालिका प्यूठानको अध्यक्षमा दुर्गबहादुर विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन।मंगलवार भएको ऎरावती गाउँपालिकाको दोस्रो पालिका सम्मेलनबाट विश्वकर्मा सहितको २५ सदस्यीय पालिका कमिटी निर्वाचित भएको हो।
जसमध्ये उपाध्यक्षमा पुजा बिक र विपिना बिक रहेका छन् भने सचीवमा प्रिया जिसी,सह-सचीवमा विनायक जिसी,ईन्द्रा विश्वकर्मा र कोषाध्यक्षमा दिनेश केसी निर्वाचित भएका छन्।
अखिल क्रान्तिकारी ऎरावती गाउँपालिका कमिटीको आयोजनामा भएको कार्यक्रम अखिल क्रान्तिकारी ऎरावती गाउँपालिकाका संयोजक रेशमराज अधिकारीको अध्यक्षतामा सन्चालन गरिएको हो। अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष एवम् प्रवक्ता मिलन एमसीको प्रमुख आतिथ्यता,अखिल क्रान्तिकारीका जिल्ला ईन्चार्ज पुष्कर शर्माको विशेष आतिथ्यता,अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम बहादुर विश्वकर्मा,नेकपा (माओवादी केन्द्र) ऎरावती गाउँपालिका वार्ड नं २ का वडाध्यक्ष नवराज श्रेष्ठ लगायत विद्यार्थी नेता, पार्टी नेताहरु, एवं मावी इकाई कमिटिका पदाधिकारी एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष एवम् प्रमुख अतिथि मिलन एमसिले अखिल क्रान्तिकारी सबै विद्यार्थीहरुको साझा संगठन रहेको बताउँदै विद्यार्थीहरुले सामाजिक, राजनीतिक र प्रशासनिक विषयहरुमा चासो राख्न आवश्यक रहेको बताउनुभयो।अखिल क्रान्तिकारीमा निर्धक्ककासाथ सम्पूर्ण विद्यार्थीहरुलाई जोडिनका लागि आव्हान समेत गर्नुभयो।
एमसिले भन्नुभयो,’अखिल क्रान्तिकारी शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याउन ल्याकत राख्ने सडक बाघहरुको संगठन हो।’
कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारी प्युठानका ईन्चार्ज एवम् विशेष अतिथि पुष्कर शर्माले विद्यार्थीहरुमा बौद्धिक एवम् सामाजिक चेतनाको अभिवृद्धि गर्नका निम्ति अखिल क्रान्तिकारीमा जोडिनुपर्ने बताउनुभयो।शर्माले भन्नुभयो,’किताबी ज्ञानको साथसाथै विद्यार्थीहरुले सामाजिक ज्ञानमा पनि रुचि बढाउन आवश्यक छ।’
ऎरावतिमा दोस्रो पालिका अधिवेशन भव्य रुपमा सम्पन्न भएको र विद्यार्थीहरुमा नयाँ खालको जोश जाँगर देखिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमबहादुर विश्वकर्माले बताउनुभयो।दोस्रो पालिका सम्मेलनको कार्यक्रम सन्चालन भने अखिल क्रान्तिकारीका जिल्ला सचीव गिर बहादुर विकले गर्नुभएको थियो।