शशिधर भण्डारी
प्युठान, १० साउनः जिल्ला प्रहरी कार्यालय प्युठानले एक आर्थिक वर्षमा ८० प्रतिशत मुद्धा फस्छ्र्यौट गरेको जनाएको छ । आ.व. २०८०÷०८१ मा प्रहरीमा परेका मुद्धाहरु मध्ये ८० प्रतिशत फस्छ्र्यौट गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नाउव उपरीक्षक इश्वर थापाले जानकारी दिनुभयो ।
वार्षिक कार्यसम्पादन बारे पत्रकारहरुलाई जानकारी दिँदै थापाले आ.व. २०८०÷०८१ मा प्रहरीमा पुगेका २ सय ६ वटा मुद्धा दर्ता भएकोमा १ सय ६५ वटा फस्छ्र्यौट बताउनु भयो । उहाँका अनुसार प्रहरीमा ०७८÷०७९ मा ३५ प्रतिशत र २०७९÷०८० मा २९ प्रतिशत मुद्धा फस्छ्र्यौट भएका थिए ।
प्रहरीले गएको एक बर्षमा पुराना मुद्धामा फरार रहेका ३४ सहित ८८ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको तथ्याकं सार्वजनिक गरेको छ । जसबाट १२ वर्ष ७ महिना २२ दिन कैद असुल भएको र ८७ हजार ३ सय २० रुपियाँ जरिवाना असुल गरिएको प्रहरी कार्यालयको प्रगति प्रतिवेदनमा छ ।
प्युठानमा जवरजस्ती करणी, बाल विवाह र बहु विवाहको घटना बढेको देखिएको छ । २०७९÷०८० मा १२ वटा जवरजस्ती करणीका मुद्धा दर्ता भएकोमा यो वर्ष १५ वटा मुुद्धा दर्ता भएका छन् । अघिल्लो वर्ष २ वटा बहु विवाहको मुद्धा दर्ता भएकोमा यो वर्ष ६ वटा मुद्धा दर्ता भएको छ । अघिल्लो वर्ष बाल विवाहको एउटा पनि मुद्धा दर्ता नभएकोमा यो वर्ष ६ वटा मुद्धा दर्ता भएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । “ऐरावती गाउँपालिकाले वालबिवाहको सूचना दिनेलाई रु २५ हजार घोषणा गरेपछि प्रहरीले समन्वय गरेको छ, सेवा ग्राहीको मुद्धाको समाधानका लागि प्रहरी कार्यालयका अधिकारीहरु नजिकैको इलाका प्रशासन कार्यालयमा पुगेर सेवा प्रवाह समेत गर्ने हुँदा ८० प्रतिशत मुद्धा फस्छ्र्यौट गर्न सफल भएका हौं ।” प्रहरी नायव उपरीक्षक थापाले भन्नुभयो ।
प्रहरीको प्रतिवेदन अनुसार प्युठानमा आत्महत्याको दर बढ्दो देखिएको छ । गत आ.व.मा जिल्लामा ७९ वटा आत्महत्याका घटना भएका छन् । अघिल्लो वर्ष ७४ वटा आत्महत्याका घटना भएका थिए । त्यसमध्ये २२ जना बालबालिका रहेको तथ्यांक छ । आत्महत्या गर्नेमा १८ वर्षदेखी ४० वर्ष उमेर समुहका व्यक्ति बढी देखिएका छन् ।
यसैगरी ट्राफिक प्रहरीले १० हजार ५९४ वटा सवारी साधनलाई कारबाही गरी ६३ लाख ७ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । प्रहरीमा ५३ वटा घरेलु हिंसाका मुद्धा दर्ता भएकोमा सवै मिलापत्र गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पीडितहरुलाई प्रहरीमा आउन सहज वातावरण बनेको प्रहरी नायव उपरीक्षक थापाको बुझाई छ ।
जिल्ला प्रहरी कार्यालयले आफ्नो सेवा प्रवाहसँगै केहि नव प्रर्वद्धनात्मक कार्य समेत गरेको छ । भच्र्युल माध्यमबाट बकपत्र गरिएको, २ वर्षे पुरानो मुद्धाको घटना विवरण कागज सम्वन्धित प्रहरी युनिटमा गर्ने व्यवस्था मिलाइएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । अदालतसँगको समन्वयमा अस्थायी लगत कट्टा भएका फरार प्रतिवादीहरुको अभिलेख व्यवस्थापन गरिएको, प्रत्येक इलाका प्रहरी कार्यालयमा आकस्मीक उद्धार कार्यक्रमका लागि उद्धार सामाग्रीहरु पालिकासंग सहकार्य गरी तयारी अवस्थामा राखिएको, विभिन्न सरोकारवालासँगको समन्वय र सहकार्यमा विभिन्न सचेतनामुलक कार्यक्रम, तालिम सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
…………