शशिधर भण्डारी
प्युठान, १५ साउन(जनखोजी)ः प्युठानमा बेवारिसे अवस्थामा शव फेला परेको छ । माण्डवी गाउँपालिका–५ रम्दी आपचौर स्थित झिमरुक नदीमा शव भेटिएको प्रहरीले जनाएको छ ।
सोमबार राती झिमरुक नदीमा वेबारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षण हुमानन्द खनालले जानकारी दिनुभयो । अन्दाजी ४० वर्षीय महिलाको शव भेटिए पनि पहिचान नखुलेको बताउनुभयो ।
शवलाई इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चुडामणी पुनको कमाण्डमा खटिएको टोलीले प्रक्रियाहरु पुरा गरी पोष्टमाटमका लागि प्युठान अस्पताल विजुवारमा ल्याइएको छ । पहिचानका लागि प्रहरीले मिडियासंग सहकार्य र सामाजिक सञ्जालको प्रयोग गर्ने प्रहरी प्रवक्ता खनालको भनाइ छ ।
Advertisement