• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ ०५, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

आरिघोप्टे वर्षाले प्यूठानको झिमरुक मस्यपालनमा ६ लाखको माछा क्षति

लोकप्रिय समाचार

  • १. गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

म आधा गृहिणी


  •   बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
  • सानू गुल्मेली

    Advertisement

    म चर्चीरहने मेरो आगनमा
    आधा मान्द्रोमा आधा भुईभरी
    भँगेराले छरेको बिस्कुन जस्तै
    छरपष्ट छ मेरो दैनिकी
    किन कि
    म आधा गृहिणी हुँ

    देख्दा त तन सिङो नै देखिन्छ
    तर मेरा हरेक काम आधा नै मान्छु
    मसँग समय आधा हुन्छ घर काम गर्ने
    अनि मेरो काम नै आधा
    त्यति मात्रै कहाँ हो र
    दुधे बालकको पेटै आधा
    बच्चाले धित नमारुञ्जेल
    स्तनपान गराउँनै पाउँदिन
    खिन्न मनले मुखबाट स्तन छुटाउँदै
    हतार हतार काम भेट्न जाने जागिरे
    म आधा गृहिणी

    काम सक्न थाल्छु अर्को खाना बसालेर
    डढेर हुन्न खान खाने जस्तो पाको
    कहिले बिचैमा ग्यास सक्किएर
    खाना आधा काँचो
    खानेबेला पाहुँना आए भने
    आफ्नो भाग आधा पारेर खुवाउँँछु
    त्यही आधा पेट कामसँग जुधाउँछु
    दिनभरको थकान
    आधा गृहिणी बनेर सुस्ताउँछु

    मेरा सपनाहरु आधै फुल्छन्
    अनि आधै फल्छन्
    आखिर घरको काम पनि गर्छु आधै
    न त पूर्ण चुलोचौको सम्हाल्न भ्याउँछु
    न त कामदेखि नै छुटकारा पाउँछु
    आधा भाँडा जुठै
    आधा घर पोत्नै बाकी
    आधा लुगा धुनै बाकी
    आखिर घरको चाजोपाजोको
    पूरा सपना देख्नै भ्याउँदीन
    म आधा गृहिणी

    आधा गाँस मुखमा च्यापेर
    आधा जुठाभाँडा रछ्यानमै छोडेर
    जब म
    शृङ्गार तर्फ लाग्छु
    भित्तामा झुन्डिएको त्यो समय पालक
    उकालो लागिसकेको देख्छु
    अनि त
    मेरो शृङ्गारै आधा हुन्छ
    म कहिल्यै बन्न सकिन
    टालाटुली बटुलिकी पुतली
    कपाल कहिले आधा लट्टा फोरेर
    आधा गुजुल्ट्याएर हिड्छु
    म आधा गृहिणी

    रहरले एकान्तमा सिमा नाघ्छ
    अनि पाईतला शहर पस्छन्
    रहरले ईन्द्रेणिको रुप समाउँछ
    अनि म दुकान गल्ली गल्ली
    नजर घुमाउँछु
    रहरले सारा वस्तु चुम्छ
    अन्तिममा
    मनको रहर त किनेर फर्कन्छु
    तर घरको पूर्णता किन्न सक्दिन
    किन कि म आधा गृहिणी हुँ

    हो साच्चै म आधा गृहिणी हुँ
    किन कि न घरको काम सिङ्गो
    न त बालबच्चालाई प्यार सिङ्गो
    न त श्रीमानलाई समय सिङ्गो
    न सासू ससुराको समयमा चल्न सक्छु
    न पाकेको खाना पस्केर
    मर्यादाले खुवाउन सक्छु
    जुन कोणबाट हेरे पनि
    आफ्नो काम र आफुलाई आधा नै पाउँछु
    त्यसैले त म आफुलाई
    आधा गृहिणी भन्न रुचाउँछु

    जब म काममा हुन्छु
    दिनभर सम्झन्छु
    रछ्यानका जुठा भाँडा
    बाथरुममा तीन दिनदेखिका
    सर्फले गालेका लुगा
    डढेको ताप्के
    न काम पूर्ण
    न शृङ्गार पूर्ण
    न प्यार पूर्ण
    न समय पूर्ण
    त्यसैले त केवल म आधा गृहिणी

    यहि सोचीरहन्छु हरदम
    फरक यत्ती नै भेटिरहन्छु हरदम
    पूर्ण गृहिणी किस्तामा लुगा किन्छे
    तर हरदिन पूर्ण श्रृङ्गारीक हुन्छे
    म आधा गृहिणी किस्तामा खुसी किन्छु
    तर आधा श्रृङ्गारीक हुन्छु
    उ परिवारकी घारानीय कहलिन्छे
    म बुख्याच्या कहलिन्छु
    उ संस्कारी कहलिन्छे
    म तिरस्कारी कहलिन्छु
    किन कि
    उस्ले केवल घरबार सम्हाल्छे
    मैले नोकरी सिङ्गो घर आधा सम्हाल्छु
    त्यसैले त म आधा गृहिणी भनेर
    आफैलाई चिन्छु !!
    हो म त्यही आधा गृहिणी हुँ!!
    २०६७/ ९/१७
    प्यूठान !!

    बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव
    निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड
    ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग
    शिक्षकलाई चिठी
    वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    लोकप्रिय

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    भर्खरै

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • २.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ३.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ४.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ५.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    • ६.
      शिक्षकलाई चिठी

    • ७.
      वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    • ८.
      लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.