• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

म आधा गृहिणी


  •   बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
  • सानू गुल्मेली

    Advertisement

    म चर्चीरहने मेरो आगनमा
    आधा मान्द्रोमा आधा भुईभरी
    भँगेराले छरेको बिस्कुन जस्तै
    छरपष्ट छ मेरो दैनिकी
    किन कि
    म आधा गृहिणी हुँ

    देख्दा त तन सिङो नै देखिन्छ
    तर मेरा हरेक काम आधा नै मान्छु
    मसँग समय आधा हुन्छ घर काम गर्ने
    अनि मेरो काम नै आधा
    त्यति मात्रै कहाँ हो र
    दुधे बालकको पेटै आधा
    बच्चाले धित नमारुञ्जेल
    स्तनपान गराउँनै पाउँदिन
    खिन्न मनले मुखबाट स्तन छुटाउँदै
    हतार हतार काम भेट्न जाने जागिरे
    म आधा गृहिणी

    काम सक्न थाल्छु अर्को खाना बसालेर
    डढेर हुन्न खान खाने जस्तो पाको
    कहिले बिचैमा ग्यास सक्किएर
    खाना आधा काँचो
    खानेबेला पाहुँना आए भने
    आफ्नो भाग आधा पारेर खुवाउँँछु
    त्यही आधा पेट कामसँग जुधाउँछु
    दिनभरको थकान
    आधा गृहिणी बनेर सुस्ताउँछु

    मेरा सपनाहरु आधै फुल्छन्
    अनि आधै फल्छन्
    आखिर घरको काम पनि गर्छु आधै
    न त पूर्ण चुलोचौको सम्हाल्न भ्याउँछु
    न त कामदेखि नै छुटकारा पाउँछु
    आधा भाँडा जुठै
    आधा घर पोत्नै बाकी
    आधा लुगा धुनै बाकी
    आखिर घरको चाजोपाजोको
    पूरा सपना देख्नै भ्याउँदीन
    म आधा गृहिणी

    आधा गाँस मुखमा च्यापेर
    आधा जुठाभाँडा रछ्यानमै छोडेर
    जब म
    शृङ्गार तर्फ लाग्छु
    भित्तामा झुन्डिएको त्यो समय पालक
    उकालो लागिसकेको देख्छु
    अनि त
    मेरो शृङ्गारै आधा हुन्छ
    म कहिल्यै बन्न सकिन
    टालाटुली बटुलिकी पुतली
    कपाल कहिले आधा लट्टा फोरेर
    आधा गुजुल्ट्याएर हिड्छु
    म आधा गृहिणी

    रहरले एकान्तमा सिमा नाघ्छ
    अनि पाईतला शहर पस्छन्
    रहरले ईन्द्रेणिको रुप समाउँछ
    अनि म दुकान गल्ली गल्ली
    नजर घुमाउँछु
    रहरले सारा वस्तु चुम्छ
    अन्तिममा
    मनको रहर त किनेर फर्कन्छु
    तर घरको पूर्णता किन्न सक्दिन
    किन कि म आधा गृहिणी हुँ

    हो साच्चै म आधा गृहिणी हुँ
    किन कि न घरको काम सिङ्गो
    न त बालबच्चालाई प्यार सिङ्गो
    न त श्रीमानलाई समय सिङ्गो
    न सासू ससुराको समयमा चल्न सक्छु
    न पाकेको खाना पस्केर
    मर्यादाले खुवाउन सक्छु
    जुन कोणबाट हेरे पनि
    आफ्नो काम र आफुलाई आधा नै पाउँछु
    त्यसैले त म आफुलाई
    आधा गृहिणी भन्न रुचाउँछु

    जब म काममा हुन्छु
    दिनभर सम्झन्छु
    रछ्यानका जुठा भाँडा
    बाथरुममा तीन दिनदेखिका
    सर्फले गालेका लुगा
    डढेको ताप्के
    न काम पूर्ण
    न शृङ्गार पूर्ण
    न प्यार पूर्ण
    न समय पूर्ण
    त्यसैले त केवल म आधा गृहिणी

    यहि सोचीरहन्छु हरदम
    फरक यत्ती नै भेटिरहन्छु हरदम
    पूर्ण गृहिणी किस्तामा लुगा किन्छे
    तर हरदिन पूर्ण श्रृङ्गारीक हुन्छे
    म आधा गृहिणी किस्तामा खुसी किन्छु
    तर आधा श्रृङ्गारीक हुन्छु
    उ परिवारकी घारानीय कहलिन्छे
    म बुख्याच्या कहलिन्छु
    उ संस्कारी कहलिन्छे
    म तिरस्कारी कहलिन्छु
    किन कि
    उस्ले केवल घरबार सम्हाल्छे
    मैले नोकरी सिङ्गो घर आधा सम्हाल्छु
    त्यसैले त म आधा गृहिणी भनेर
    आफैलाई चिन्छु !!
    हो म त्यही आधा गृहिणी हुँ!!
    २०६७/ ९/१७
    प्यूठान !!

    बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.