प्युठान, नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी) प्युठान नगरपालिकाको प्रथम सम्मेलन मङ्गलवार जुम्रीमा सम्पन्न भएको छ । भेलाले लाली घर्तीको अध्यक्षतामा ४१ सदस्यीय नगर समिति सर्वसम्मत निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा रेखा बस्याल, कमला थापा, सचिवमा सावित्री घिमिरे, कोषाध्यक्षमा रुपा के.सी. लगायत रहेका छन् ।
प्युठान नगरपालिकाका संयोजक तुलसा सुवेदीको अध्यक्ष र नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका पूर्व अर्थमन्त्री कृष्णध्वज खड्काको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । सम्मेलनमा बोल्दै खड्कालेसंविधान बनी महिलाहरूको अधिकार समावेश गरेकोमा महिलालाई स्थापित गर्न र अधिकारको प्रयोग गर्न महिलाहरू नै बढी चनाखो हुनुपर्नेमा जोड दिए । जनयुद्ध र जनआन्दोलनले महिला अधिकारका लागि सचेतीकरणमा अहम् भूमिका निर्वाह गरे पनि संविधान अनुसार कार्यान्वयनमा अझै समस्या देखिएको खड्काले बताए । ‘पछिल्ला घटनाक्रमले संविधानमा राखिएका अधिकारहरू खोसिने हुन् की भन्ने खतरा बढेको छ’ खड्काले भने ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य सरस्वती न्यौपाने, लुम्बिनी प्रदेश समिति सदस्य प्रकाश अधिकारी लगायतका नेताहरूले महिलाहरूको अधिकार स्थापितमा माओवादी केन्द्र अग्रपङ्क्तिमा रहेको दाबी गरे । कार्यक्रममा पार्टीका प्रदेश सदस्यहरु अर्जन कुमार कक्षपित उमा अधिकारी राधा अधिकारी लिलाप जङ्ग केसी सुन्दरा केसि नगरपालिकाका नगरप्रमुख बिष्णु याेगी जिल्ला समन्वय समिती उपप्रमुख दुर्गा रेग्मी सदस्य तारा बिक लगायतका नेताहरुकाे उपस्थिती थियाे ।
अनेमसंघ(क्रान्तिकारी) प्युठान नगरको प्रथम सम्मेलन
अनेमसंघ(क्रान्तिकारी) प्युठान नगरको प्रथम सम्मेलन

Advertisement
तपाईको प्रतिक्रिया