बबिता रिजाल
भाद्र १२ , प्युठान ।
स्वर्गद्वारी नगरपालिका ५ सारी राजस्व सङ्कलनका लागि गाउँटोलमै पुगेकाे छ । वडामार्फत उठाइने घर , जग्गा तथा अन्य व्यवसायिक कर तिर्न वडाबासीलाई टाढा टाढाबाट वडामै पुग्दा समस्या हुने भएकाले वडाले टोलमै पुगेर राजस्व उठाउने निर्णय गरेको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गिरबहादुर घर्तीले बताउनुभयो। वडाको गुणस्तरीय तथा सहज सेवा प्रदान गर्ने कार्यक्रम अन्तर्गत यसअघि घरमै सामाजिक सुरक्षा भत्ता नवीकरण , घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण लगायतका कार्यक्रम गरेको र अबको क्रममा टोलमै पुगेर राजस्व सङ्कलन गर्ने कार्यक्रम लिएको पनि उहाँले बताउनुभयो। सामान्यतया असोज महिनाभित्रै कर तिर्नेहरूका लागि ५% छुटको व्यवस्था छ। तर नागरिकले समयमै कर नबुझाउँदा हर्जना अथवा जरिवानामा परि बढी रकम बुझाउनुपर्ने समस्या देखिएको अध्यक्ष घर्तीले बताउनुभयो ।
जस अनुसार भाद्र ६ गते जनशिशु कल्याण प्रावी सिस्नेरी , भाद्र ७ गते नेरा आधारभूत विद्यालय स्यानी लेख , भाद्र ९ गते बिहान १० बजेदेखि 1 बजेसम्म झोल तथा भाद्र ९ गते नै दिउँसो १ बजेदेखि बेलुका ४ बजेसम्म गायखर्क र भाद्र ११ गते नेरा आधारभूत विद्यालय डाँफेधारा पुगेर राजस्व संकलन गरिएको अध्यक्ष घर्तीकाे भनाइ छ । “अहिलेसम्म २०३ जना सेवाग्राहीलाई सेवा दिएका छाै । त्यस मध्ये १८ जना नयाँ इन्ट्रिका लागि पालिका धाउनुपर्ने नागरिकलाई त्यहीँबाट नै इन्ट्रि गरि सेवा पनि दिएका छाैँ ।” उहाँले भन्नुभयो “पछिल्लोपटक कर समायोजन पछाडि माथिल्लो बस्तीलाई राहत मिलेको छ। यसरी असोज मित्र राजश्व लिदा ५% छुट हुने र हर्जना/जरीवाना बाट बच्ने असारमा भिडभाड कम भइ वडा लाई अन्य काम गर्न सहज हुनेछ।” जनताहरु टोलमै आएर सेवा दिदा समयको बचत अन्य खर्च बचत हुने बताउनुभयाे ।
यस्तै आज भाद्र १२ गते खोलाखेत , भाद्र १३ गते जनता प्राथमिक विद्यालय जरुवाखेत , भाद्र १४ गते पाैवाली टोलमा पुगेर राजस्व संकलन गरिने छ । वडा कार्यालय नजिकका नागरिकले भने वडा कार्यालयमै राजस्व बुझाउने छन्।