• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, जेठ ०७, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

आरिघोप्टे वर्षाले प्यूठानको झिमरुक मस्यपालनमा ६ लाखको माछा क्षति

लोकप्रिय समाचार

  • १. गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

वर्षाले स्वर्गद्वारीमा प्रहरी पोष्ट भत्कियो ,विद्यालयमा बाढि र घर क्षति


  •   शनिबार, असोज १२, २०८१ मा प्रकाशित
  • सन्तोष सुनार

    Advertisement

    प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकामा आरिघोप्टे वर्षाको कारण इलका प्रहरी कार्यालय भिंग्रीको प्रहरी पोष्ट भत्किएको छ भने विद्यालयमा बाढी पसेको र घरमा क्षति पुर्याएको छ । लगातार वर्षातले स्वर्गद्वारी नगरपालिकाका भित्रका बाटोहरुमा पहिरो , लेदो र सडक भत्किदा बजार र अस्पताल आउन नरबासीहरुलाई कठिन पूर्ण अवस्था बनेको छ ।

    इलाका प्रहरी कार्यालय भिंग्रीको प्रहरी डिउटी बस्ने पोष्ट , पर्खाल र भरिएका हतियारहरु खाली गर्ने ठाउ भत्किएको इलाका प्रहरी कार्यालय भिंग्रीको प्रहरी प्रमुख प्रहरी निरिक्षक नविन कुमार थापाले जानकारी दिए । भत्किएर जादा सवारी साधन र पैदल यात्रीहरु आवतजावत गर्न रोएिको थियो तर अहिले पन्छाएको प्रहरी निरिक्षक थापाले बताए ।

    पोष्ट भत्किएछि डिउटि भवनको ब्राण्डबाट गरिरहेको उनले बताए । प्रहरीको पोष्ट स्वर्गद्वारी नगरपालिकाले छिटै गरिदिने जनाएको छ । स्वर्गद्वारी नगरपालिको वडामा भएका क्षतिका विवरणहरु स्वर्गद्वारी न.पा.वडा न.ं १ स्वर्गद्वारी नगरपालिका १ न. वडा कार्यालय अन्तर्गत अरङ्ग खोलाले ४ रोपनी रहेको खेत बगाएको र कोचिबाङ्बाट धरम पानी बजारमा जानेबाटाहरु पुर्ण रुपमा अवरोद्ध रहेको वडा अध्यक्ष मेघराज जिसीले जानकारी दिए । कुनै मानविय क्षति र घरमा क्षति नभएको तर घर भन्दा माथिबाट पहिरो आउने जोखिम रहेको वडा अध्यक्ष जिसीले बताए ।

    वडावासीहरुको घरघरमा पुगी रहेको र जानकारी लागी निरन्तर लागी परेको उनले बताएका छन । स्वर्गद्वारी न.पा.वडा न.ं२ स्वर्गद्वारी नगरपालिका २ न. वडा कार्यालय अन्र्गतमा धनबाङखोलामा बाटो अवरोद्ध भएको र अन्य गतिविधहरु जानकारी अनुसार सामान्य रहेको वडाअध्यक्ष बुद्धिराम पुनले बताए । स्वर्गद्वारी न.पा.वडा न.ं३ स्वर्गद्वारी नगरपालिका ३ न. वडा कार्यालय अन्र्गतमा गापधारमा तेज बहादुरको घर पहिराले पुर्णरुपमा भत्किएको , एक गोठ पुर्णरुमा क्षति र चिल्डेन पार्कको वरिपरी बाटोहरुमा पहिरो गएको वडाअध्यक्ष कृष्ण बहादुर रोकायले जानकारी दिए ।

    त्यस्तै नेबारेमा पहिरो जादा बाटोहरु अवरोद्ध भएको र तरकारी बजारमा वितरण समस्या देखिदा तत्काल नगरपालिकाको जेसिबी लगाएर खोल्ने समन्वय गरेको वडाअध्यक्ष रोकायले बताए । स्वर्गद्वारी न.पा.वडा न.ं४ स्वर्गद्वारी नगरपालिका ४ न. वडा कार्यालय अन्र्गतमा चन्द्रश्वरी प्रा.वि.मा बाढि पसेको , बाझिपुरमा घरहरुको आगनमा लेदा आएको वडाअध्यक्ष सुर्वण कमार श्रेष्ठले जानकारी दिए । गोठिबाङ , लामाचौरमा पहिरो र रुखहरु ढलेर अवरोद्ध रहेको तर अहिले सुचारु गरिएको वडाअध्यक्ष श्रेष्ठले बताए । समस्या भएका ठाउँहरुमा तत्काल नै समधान गर्ने श्रेष्ठको भनाई रहेको छ ।

    स्वर्गद्वारी न.पा.वडा न.ं५ स्वर्गद्वारी नगरपालिका ५ न. वडा कार्यालय अन्र्गतमा सिस्नेरीमा गिरीराज घर्तिको गोठमा पहिरो जादा पुर्ण रुमा क्षति भएको तर कुनै पशु चौपाए नमरेको र बाटोहरु अवरोद्ध रहेको वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिए । मौसम सफा गरे लगत्तै बाटाहरु खोलीने अध्यक्ष घर्ति मगरले बताए ।

    स्वर्गद्वारी न.पा.वडा न.ं ६ स्वर्गद्वारी नगरपालिका ६ न. वडा कार्यालय अन्र्गतमा कुनै अप्रिय घटनाहरु नघटेको र टिमिले देखी धनचौर सम्म जाने बाटो केही खाल्डा खुल्डिहरुले समस्या रहेको वडाअध्यक्ष गिर बहादुर गुरुङले जानकारी दिए ।

    स्वर्गद्वारी न.पा.वडा न.ं ७ स्वर्गद्वारी नगरपालिका ७ न. वडा कार्यालय अन्र्गतमा तापाकोट , धैरेनी , सैरी खोला र ओर्लामा रुखहरु ढली बाटो अवरोद्ध गरेको र अरु कुनै समस्या नभएको वडा सदस्य दामोदर गोराथोकीले जानकारी दिए । बाटोमा रहेका रुखहरु हटाई तत्काल सुरु गरिने गोराथोकीले बताए ।

    स्वर्गद्वारी न.पा.वडा न.ं८ वर्गद्वारी नगरपालिका न. ८ वडा कार्यालय अन्र्गतमा केही बाटोहरु अवरोद्ध रहेको र त्यस्तो ठूलो घटनाहरु नभएको वडा अध्यक्ष खोप बहादुर राउतले जानकारी दिए ।

    स्वर्गद्वारी न.पा.वडा न.ं९ स्वर्गद्वारी नगरपालिका न. ९ वडा कार्यालय अन्र्गतमा जुरापाटा देखी सिम्ले सम्म जाने बाटो अवरोद्ध रहेको र लाटेमा यम राज घर्तिको गोठमा आशिंक क्षति , जुकेनामा धनिदेवीको घरमा पहिरो आउने धेरै जोखिम रहेको वडा अध्यक्ष नर बहादुर जिएमले जानकारी दिए । खोलाको आसपासमा रहेको खेतहरुमा केही क्षति भएको अध्यक्ष जिएमले बताए । क्षति भएकाहरुलाई राहत तथा सेवाहरु दिने जिएमको भनाई रहेको छ ।

    त्यस्तै स्वर्गद्वारी नगरपालिकाका उप्रमुख मिनराज रानाले नगरपालिकामा पर्ने अवरोद्ध भएका बाटोहरु सुचारु गर्नका लागी वडा वडामा जेसिवी पुगी रहेको बताए । घर , गोठ र अन्य संघ संस्थामा क्षति पुराएको विवरण आईतबार देखी संकलन र मुजुलका उठाउने र मेयर साप काठमाडौंबाट आएपछि सरकारले दिएको सहयोगको आधरमा सबै राहत दिने उप्रमुख रानाले बताए ।

    शनिबार, असोज १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव
    निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड
    ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग
    शिक्षकलाई चिठी
    वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    लोकप्रिय

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    भर्खरै

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • २.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ३.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ४.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ५.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    • ६.
      शिक्षकलाई चिठी

    • ७.
      वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    • ८.
      लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.