• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

वर्षाले स्वर्गद्वारीमा प्रहरी पोष्ट भत्कियो ,विद्यालयमा बाढि र घर क्षति


  •   शनिबार, असोज १२, २०८१ मा प्रकाशित
  • सन्तोष सुनार

    Advertisement

    प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकामा आरिघोप्टे वर्षाको कारण इलका प्रहरी कार्यालय भिंग्रीको प्रहरी पोष्ट भत्किएको छ भने विद्यालयमा बाढी पसेको र घरमा क्षति पुर्याएको छ । लगातार वर्षातले स्वर्गद्वारी नगरपालिकाका भित्रका बाटोहरुमा पहिरो , लेदो र सडक भत्किदा बजार र अस्पताल आउन नरबासीहरुलाई कठिन पूर्ण अवस्था बनेको छ ।

    इलाका प्रहरी कार्यालय भिंग्रीको प्रहरी डिउटी बस्ने पोष्ट , पर्खाल र भरिएका हतियारहरु खाली गर्ने ठाउ भत्किएको इलाका प्रहरी कार्यालय भिंग्रीको प्रहरी प्रमुख प्रहरी निरिक्षक नविन कुमार थापाले जानकारी दिए । भत्किएर जादा सवारी साधन र पैदल यात्रीहरु आवतजावत गर्न रोएिको थियो तर अहिले पन्छाएको प्रहरी निरिक्षक थापाले बताए ।

    पोष्ट भत्किएछि डिउटि भवनको ब्राण्डबाट गरिरहेको उनले बताए । प्रहरीको पोष्ट स्वर्गद्वारी नगरपालिकाले छिटै गरिदिने जनाएको छ । स्वर्गद्वारी नगरपालिको वडामा भएका क्षतिका विवरणहरु स्वर्गद्वारी न.पा.वडा न.ं १ स्वर्गद्वारी नगरपालिका १ न. वडा कार्यालय अन्तर्गत अरङ्ग खोलाले ४ रोपनी रहेको खेत बगाएको र कोचिबाङ्बाट धरम पानी बजारमा जानेबाटाहरु पुर्ण रुपमा अवरोद्ध रहेको वडा अध्यक्ष मेघराज जिसीले जानकारी दिए । कुनै मानविय क्षति र घरमा क्षति नभएको तर घर भन्दा माथिबाट पहिरो आउने जोखिम रहेको वडा अध्यक्ष जिसीले बताए ।

    वडावासीहरुको घरघरमा पुगी रहेको र जानकारी लागी निरन्तर लागी परेको उनले बताएका छन । स्वर्गद्वारी न.पा.वडा न.ं२ स्वर्गद्वारी नगरपालिका २ न. वडा कार्यालय अन्र्गतमा धनबाङखोलामा बाटो अवरोद्ध भएको र अन्य गतिविधहरु जानकारी अनुसार सामान्य रहेको वडाअध्यक्ष बुद्धिराम पुनले बताए । स्वर्गद्वारी न.पा.वडा न.ं३ स्वर्गद्वारी नगरपालिका ३ न. वडा कार्यालय अन्र्गतमा गापधारमा तेज बहादुरको घर पहिराले पुर्णरुपमा भत्किएको , एक गोठ पुर्णरुमा क्षति र चिल्डेन पार्कको वरिपरी बाटोहरुमा पहिरो गएको वडाअध्यक्ष कृष्ण बहादुर रोकायले जानकारी दिए ।

    त्यस्तै नेबारेमा पहिरो जादा बाटोहरु अवरोद्ध भएको र तरकारी बजारमा वितरण समस्या देखिदा तत्काल नगरपालिकाको जेसिबी लगाएर खोल्ने समन्वय गरेको वडाअध्यक्ष रोकायले बताए । स्वर्गद्वारी न.पा.वडा न.ं४ स्वर्गद्वारी नगरपालिका ४ न. वडा कार्यालय अन्र्गतमा चन्द्रश्वरी प्रा.वि.मा बाढि पसेको , बाझिपुरमा घरहरुको आगनमा लेदा आएको वडाअध्यक्ष सुर्वण कमार श्रेष्ठले जानकारी दिए । गोठिबाङ , लामाचौरमा पहिरो र रुखहरु ढलेर अवरोद्ध रहेको तर अहिले सुचारु गरिएको वडाअध्यक्ष श्रेष्ठले बताए । समस्या भएका ठाउँहरुमा तत्काल नै समधान गर्ने श्रेष्ठको भनाई रहेको छ ।

    स्वर्गद्वारी न.पा.वडा न.ं५ स्वर्गद्वारी नगरपालिका ५ न. वडा कार्यालय अन्र्गतमा सिस्नेरीमा गिरीराज घर्तिको गोठमा पहिरो जादा पुर्ण रुमा क्षति भएको तर कुनै पशु चौपाए नमरेको र बाटोहरु अवरोद्ध रहेको वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिए । मौसम सफा गरे लगत्तै बाटाहरु खोलीने अध्यक्ष घर्ति मगरले बताए ।

    स्वर्गद्वारी न.पा.वडा न.ं ६ स्वर्गद्वारी नगरपालिका ६ न. वडा कार्यालय अन्र्गतमा कुनै अप्रिय घटनाहरु नघटेको र टिमिले देखी धनचौर सम्म जाने बाटो केही खाल्डा खुल्डिहरुले समस्या रहेको वडाअध्यक्ष गिर बहादुर गुरुङले जानकारी दिए ।

    स्वर्गद्वारी न.पा.वडा न.ं ७ स्वर्गद्वारी नगरपालिका ७ न. वडा कार्यालय अन्र्गतमा तापाकोट , धैरेनी , सैरी खोला र ओर्लामा रुखहरु ढली बाटो अवरोद्ध गरेको र अरु कुनै समस्या नभएको वडा सदस्य दामोदर गोराथोकीले जानकारी दिए । बाटोमा रहेका रुखहरु हटाई तत्काल सुरु गरिने गोराथोकीले बताए ।

    स्वर्गद्वारी न.पा.वडा न.ं८ वर्गद्वारी नगरपालिका न. ८ वडा कार्यालय अन्र्गतमा केही बाटोहरु अवरोद्ध रहेको र त्यस्तो ठूलो घटनाहरु नभएको वडा अध्यक्ष खोप बहादुर राउतले जानकारी दिए ।

    स्वर्गद्वारी न.पा.वडा न.ं९ स्वर्गद्वारी नगरपालिका न. ९ वडा कार्यालय अन्र्गतमा जुरापाटा देखी सिम्ले सम्म जाने बाटो अवरोद्ध रहेको र लाटेमा यम राज घर्तिको गोठमा आशिंक क्षति , जुकेनामा धनिदेवीको घरमा पहिरो आउने धेरै जोखिम रहेको वडा अध्यक्ष नर बहादुर जिएमले जानकारी दिए । खोलाको आसपासमा रहेको खेतहरुमा केही क्षति भएको अध्यक्ष जिएमले बताए । क्षति भएकाहरुलाई राहत तथा सेवाहरु दिने जिएमको भनाई रहेको छ ।

    त्यस्तै स्वर्गद्वारी नगरपालिकाका उप्रमुख मिनराज रानाले नगरपालिकामा पर्ने अवरोद्ध भएका बाटोहरु सुचारु गर्नका लागी वडा वडामा जेसिवी पुगी रहेको बताए । घर , गोठ र अन्य संघ संस्थामा क्षति पुराएको विवरण आईतबार देखी संकलन र मुजुलका उठाउने र मेयर साप काठमाडौंबाट आएपछि सरकारले दिएको सहयोगको आधरमा सबै राहत दिने उप्रमुख रानाले बताए ।

    शनिबार, असोज १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.