सन्तोष सुनार
प्यूठान । आरिघोप्टे वर्षाले प्यूठानको प्यूठान नगरपालिका १ खैरमा रहेको झिमरुक मस्यपालन तथा एकिकृत कृर्षि फर्ममा ६ लाख बराबरको माछामा क्षति पु¥याएको छ ।
गएराति विहान ४ बजेको समयमा लगार वर्षातको कारण झिमरुक मस्यपालन तथा एकिकृत कृर्षि फर्ममा माछा पालन गरेको पोखरीमा पानी बढि भएर फुट्दा माछाहरु खेतमा र झिमरुक नदितिर गएको संचालक भोज बहादुर बस्नेतले जानकारी दिए । पानी बढि हुदा सूरुमा सात नम्बरको पोखरी फुटेको त्यसपछि क्रमश पाचँ, चार र तिन गरी सबै पोखरी फुटी सबै माछाहरु नदि तिर गएको बस्नेतले बताए । बस्नेतले रौहु , नैनी , छडी , कम्न र ग्रस प्रजातिका माछाहरु करिब नौलाख बराबरको लगानी लाएर माछा पालेका थिए । बस्नेतले बार्षिक ४ लाख तिर्ने भाडमा जग्गा लिएर मस्यपालन गरेका हुन । २०७० सालमा संस्थाले गरेको तर व्यवस्थित नहुदा उक्त २०७६ साल देखि व्यक्तिगत रुपमा सञ्चालन गर्दै आईरहेको बस्नेतले बताए । बस्नेतको फर्ममा चार जनाले रोजगार गरेका गर्दछन ।