जनखोजी समाचार
प्यूठानमा राष्टिय जनमोर्चा सहित १० दलका उम्मेदवारको धरौटी जफत हुने भएको छ ।
Advertisement
निर्वाचन ऐनको प्रावधान अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष तर्फ) प्रणालीमा सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुन्छ ।
प्यूठानमा सदर मत ८१ हजार १ सय ४६ हो । सदर मतको १० प्रतिशत ८ हजार १ सय १५ मत चार जना उम्मेदवारले मात्र कटाएका हुन् ।
राजमो सहित श्रम संस्कृति पार्टी, नेकपा(माओवादी), राप्रपा, नेशनल रिपब्लिक नेपाल, मंगोल नेशनल अर्गनाईजेसन, नेपाली जनता दल, प्रलोपा, नेकपा(संयुक्त) र आजपा का उम्मेदवारको धरौटी जफत भएको हो ।


