• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, जेठ ०७, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

आरिघोप्टे वर्षाले प्यूठानको झिमरुक मस्यपालनमा ६ लाखको माछा क्षति

लोकप्रिय समाचार

  • १. गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

मूल मन्दिर नखुल्ने भएपछि पशुपतिमा घट्न थाले भक्तजन


  •   सोमबार, साउन २५, २०७८ मा प्रकाशित
  • काठमाडाैं । साउनको चौँथो सोमबारसम्म पनि पशुपतिनाथ मूल मन्दिर खुला गर्ने छाँटकाँट नदेखेपछि पशुपति क्षेत्रमा भक्तजन घट्न थालेका छन् । तेस्रो सोमबारसम्म मन्दिर खुला हुने आशामा पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो । पछिल्लो समय दैनिक रुपमा नयाँ भेरियन्टसहितको कोरोनाका सङ्क्रमित बढ्न थालेको र अस्पतालमा बिरामीको चाप बढ्न थालेसँगै पशुपति क्षेत्रमा पनि आज भक्तजनको सङ्ख्या साउनका विगतका सोमबारका तुलनामा कम देखिएको हो ।

    Advertisement

    पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा मन्दिर खोल्न नसकिने अवस्था भएपछि पशुपति क्षेत्रमा सामान्य अवस्थाकै जस्तो भक्तजन आएको बताउनुहुन्छ । यस वर्ष साउनमा पाँच वटा सोमबार परेको थियो । साउन ३२ गते अन्तिम सोमबार परेको छ । साउने सोमबारको व्रत लिने महिला भने अन्य शिव मन्दिरमा जम्मा भएका थिए । राजधानीको टोलटोलमा रहेका शिव मन्दिरमा विशेषगरी महिलाको भीड लागेको थियो ।

    साउनको सोमबार व्रत गरेमा अटल सौभाग्य, पारिवारिक सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम भने साउन महिना र सोमबार छिटो खुसी हुने भगवान् शिवको महिना भएकाले महिला, पुरुष दुवैले व्रत लिने शास्त्रीय विधान रहेको बताउनुहुन्छ । साउनमा महिनामा भगवान् शिवलाई जलधारामात्र चढाएमा पनि प्रसन्न हुने शास्त्रीय वचन छ । यसैले यस महिनामा बोल बम यात्रा गरी भगवान् शिवका मन्दिरमा जल चढाउने परम्परा बसेको हो ।

    कोरोनाका कारण यस वर्ष वाग्मतीको शिरोभाग सुन्दरीजलबाट पशुपतिसम्म हुने बोल बम यात्रा पनि हुन सकेको छैन । केही भक्तजनमात्र सवारी साधन प्रयोग गरेर बोल बम यात्रा गरिरहेको भेटिन्छन् । कोरोनाअघि साउन महिना २० लाखसम्म भक्तजनले सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउँथे ।

    देशका अन्य शिव मन्दिरमा पनि आज भक्तजनले स्वास्थ्य सुरक्षाका विधि अपनाएर बाहिरबाट भएपनि दर्शन गरेका छन् । खुलेका मन्दिरमा भक्तजन भौतिक दूरी कायम गरी लाममा बसेका थिए । नखुलेका मन्दिरमा भने बाहिरबाट पूजा, आराधना गरी हिँडेका देखिन्थे । यसैगरी राजधानीका गोकर्णेश्वर, डोलेश्वरलगायत मन्दिर प्रवेश गर्ने स्थलभन्दा वरदेखि नै प्रहरीले मन्दिर बन्द रहेकाले दर्शन गर्ने व्यवस्था नभएको भन्दै फर्कन आग्रह गरेको देखिन्थ्यो ।

    सोमबार, साउन २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी
    प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव
    निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड
    ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग
    शिक्षकलाई चिठी

    लोकप्रिय

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    भर्खरै

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • २.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ३.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ४.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ५.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    • ६.
      शिक्षकलाई चिठी

    • ७.
      वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    • ८.
      लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.