• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

एमाले राजतन्त्र फर्काउन तर्फ लागेको छः एकीकृत समाजवादी सचिव बिश्वासी


  •   बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
  • प्युठान, नेकपा (एकीकृत समाजवादी) पार्टी प्युठानले पार्टी कार्यालय स्थापना गरेको छ । एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना गरिएको हो ।
    प्युठानको जुम्री बजारस्थित पार्टी कार्यालयको बिहिवार पार्टीका सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज भागवत बिश्वासीले उद्घाटन गरेका हुन् ।
    कार्यालय उद्घाटनपछि आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सचिव भागवत बिश्वासीले एमाले अब राजतन्त्र फर्काउन लागेको बताए । बुधबार राप्रपाको महाधिबेशनमा पुगेर एमालेका बरिष्ट्र उपाध्यक्ष इश्वर पोखरेलले राप्रपासंग पार्टिको धेरै नीति तथा बिचार मिल्ने भनेर दिएको अभिब्यक्तीले एमाले राजतन्त्र फर्काउन लागेको पुष्टि हुने उनको आरोप छ । नेता बिश्वासीले आउदो चुनाबमा केपि ओलीले राप्रपासंग मिलेर राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा अघि सार्ने ठोकुवा गरे । उनले भने ‘हेर्दै जानुस, आउदो चुनाबमा केपि ओलीका कार्यकर्ता राजा आउ देश बचाउको नारा लगाउनेछन।’
    ओलीले देशी बिदेशी शक्तीको ईशारामा दुई दुई पटक सांसद बिघटन गरेको बिश्वासीले उल्लेख गरे ।केपी शर्मा ओेलीले प्रतिनिधिसभा विघटन गरि जनताको सार्वभौमसत्तामाथि हमला गरेको उल्लेख गर्दै ओलीले सिद्धान्तलाई समेत व्यवहारमा नउतारेको उनले आरोप लगाए । आउदो निर्वाचनमा एमाले बाहेकका शक्तीहरुसंग गठबन्धन हुने उनको भनाई छ।
    एमाले पार्टी नभएर ओेलीको गुटमात्र भएको बिस्वासीको टिप्पणि छ। नीतिअनुसार नेता चल्नु पर्नेमा एमालेमा नेतावादी नीति मौलाउँदै गएको चर्चा गर्दै एमाले ओेली रूचाउनेहरूको झुन्डमात्र भएको टिप्पणि गरे । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला सहईन्चार्ज शान्ता अचार्यले पार्टीको जिल्ला समिति गठन भए पश्चात वडावडामा पार्टी गतिविधि भइरहेको जानकारी दिदै एकीकृत समाजबादी सहीदिशा, सही नीति र सही नेतृत्वका साथ अघि बढिरहेको बताए । प्युठानमा समाजबादी पार्टी प्रतीको लहर देखेर एमाले हच्किएको उनको भनाई छ।
    लुम्बिनी प्रदेश उपाध्यक्ष मुकुन्दराज रोकाले नेकपा एकिकृत समाजबादीले नै कम्युनिस्ट पार्टी आन्दोलनलाई सार्थक र रक्षा गर्ने दाबी गरे । कार्यक्रमको अध्यक्षता गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष भोज विक्रम बुढा मगरले पार्टीलाई अघि बढाउनका लागि पार्टी कार्यकर्ता वैचारिक रूपमा बलियो हुनु जरूरी रहेकोले पार्टी कार्यालय उद्घाटन पश्चात अगुवा कार्यकर्ताका लागि प्रशिक्षण राखिएको जानकारी दिए ।

    Advertisement

    बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.