जनखोजी समाचारदाता
प्युठान, नवजात शिशुको जिवनरक्षाको आफन्तजनहरुले अपिल गरेका छन् । ऐरावती गाउँपालिका–६ बैरेनीका २८ दिने नवजात शिशुको जीवन रक्षाको लागि अपिल गरेका हुन् । निमानन्द आचार्यकी नाबालक २६ दिनको पुग्दा उनकी आमाको मृत्यु भएको थियो । आमा बिना आचार्यको २६ दिनको सुत्केरी अवस्थामा मृत्यु भए पश्चात छोरीको जीवन रक्षाका लागि निमानन्दले अपिल गरेका थिए ।
उनको अपिलपछि जीवन रक्षाका लागि ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले सहयोग गरेका छन । शाहले आचार्यको निवासमा नै पुगेर नगद पाँच हजार सहयोग गरेका हुन । साथै शाहले बच्चाको लागि अन्य सहयोग आवश्यक परे गाउँपालिकाको बाल सञ्जालमा जानकारी गराउन समेत आग्रह गरेका छन ।
त्यसैगरी सामाजिक सञ्जाल समुहमा मम्स ग्रुपबाट असहाय वालवालिकाको लागि सहयोग गर्ने आमाहरुले गरेको रु ४ हजार रिता आचार्यले सहयोग पठाएकी छन् । पत्रकार महासंघ जिल्ला शाखा प्युठानका सदस्य तथा जनखोजी साप्ताहिकका पत्रकार आचार्यले आफन्त मार्फत सहयोग पठाएको आफन्तहरुले बताए । नावालिकाको पारिवारिक स्थिति नाजुक रहेकोले जीवन रक्षाका लागि परिवारले सहयोगको अपिल गरेका छन् ।
नवजात शिशुको जिवनरक्षाको अपिल
नवजात शिशुको जिवनरक्षाको अपिल
Advertisement
तपाईको प्रतिक्रिया