शशिधर भण्डारी
प्युठान, नेपाली काँग्रेस प्युठानबाट पहिलो पटक डा.गोविन्दराज पोख्रेल केन्द्रीय सदस्य बनेका छन् । नेपाली काँग्रेसको १४ औं महिाधिवेशनबाट १ हजार ८ सय ४३ मत सहित २७ नम्बरमा गोविन्दराज पोखरेल विजयी भएका हुन् ।
नेपाली काँग्रेस प्युठानका निवर्तमान सभापति अमर प्रसाद भण्डारीका अनुसार प्युठानबाट काँग्रेसमा नेतृत्व गर्ने नेताहरु मध्ये पहिलो केन्द्रीय नेता डा. पोख्रेलले इतिहास रचेका छन् । नेपालकै जेठो पार्टी काँग्रेसमा हालसम्म प्युठानबाट कोही पनि केन्द्रीय नेतृत्वमा नरहेको उनको भनाइ छ ।
पोखरेल २०७२ को भूकम्पपछि बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । १३ औं महाधिवशनमा झिनो मतान्तरले पराजित बनेका पोख्रेल सहित नेपाली काँग्रेसको नेतृत्वमा नयाँ अनुहार आएका छन् ।
खुल्ला तर्फका ३५ सदस्यका लागि ९९ जना चुनावी मैदानमा थिए । बीपी कोइराला–पुत्र शशांकले सबैभन्दा बढी ३ हजार ८ सय ३६ मत ल्याएका छन् ।
काँग्रेस प्युठानवाट पहिलो केन्द्रीय सदस्य बने डा.गोविन्द
काँग्रेस प्युठानवाट पहिलो केन्द्रीय सदस्य बने डा.गोविन्द
Advertisement
तपाईको प्रतिक्रिया