जनखोजी समाचारदाता
प्युठान, नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा माओवादी नेतृ रेखा शर्माले दावी गर्ने बुझिएको छ । उनी निकट श्रोतका अनुसार नयाँ निति र नेतृत्वको टिममा आफुलाई सचिवमा समेट्न दावी गर्ने सोचमा उनी छन् ।
विद्यार्थी राजनितिबाट राजनितिक यात्रा शुरु गरेकी शर्मा पूर्वमन्त्री समेत हुन् । उनले जनयुद्धको समयमा थुप्रै पटक जेल जीवन र यातना सहेकी योद्धा हुन् । उनले महिला संगठनको अध्यक्ष सम्हालेकी शर्मा माओवादी महिला नेतृहरुमा सिनियर मध्येमा एक हुन् ।
त्यसैगरी नेकपा(माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा प्युठान जिल्ला बाट ८ जनाले प्रतिनिधित्व गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का प्रदेश कमिटि सदस्य तथा जिल्ला संयोजक कृष्ण अधिकारी(प्रकाश)का अनुसार जिल्लाबाट रेखा शर्मा, कृष्णध्वज खड्का, नारायण अधिकारी, पित बहादुर एमसी, कृष्ण अधिकारी(प्रकाश),कृष्ण प्रसाद घिमिरे, सरस्वती न्यौपाने, महाबीर राना र कमल सापकोटा रहेका छन् ।
माओवादीको सचिवमा रेखा शर्माको दावी, यी हुन् प्युठानका महाधिवेशन प्रतिनिधि
माओवादीको सचिवमा रेखा शर्माको दावी, यी हुन् प्युठानका महाधिवेशन प्रतिनिधि
Advertisement
तपाईको प्रतिक्रिया