Advertisement
विशाल रानामगर
प्युठान, गौमुखीका एक पुरुषको हराएको ४ महिनापछि शव भेटिएको । गौमुखीको जंगलमा कंकाल भेटिएको हो ।
गौमुखी गाउँपालिका–३ तिखाचुली लेखमा पर्ने सामुदायिक वनमा आइतवार रजवाराका हिमाल गुरुङको कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । गुरुङको कंकाल जंगलको बीचमा रहेको रुखको फेदमा कुहिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ ।
मृतक गुरुङका छोरा प्रकाश गुरुङले जङगलमा खर काटन जाने क्रममा देखेर प्रहरीलाई जानकारी गराएका थिए । हिमाल गुरुङले लगाएको पाइन्ट ,टि–सर्ट र चप्पलबाट उनलाई पहिचान गरिएको प्रहरीले जनाएको छ । अहिले घटनाको थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक तथा सुचना अधिकारी देवि प्रशाद गैरेले जानकारी दिए ।