जनखोजी समाचारदाता
प्युठान, प्रतिष्ठित व्यावसीयहरुले नै समयमा कर नबुझाएको पाइएको छ । जिल्लामा करोडौं लगानी गरेर खोलिएका, करोडौ कारोबार गर्ने निर्माण व्यवसायी, उद्योगी, व्यापारी, कृषि फर्म लगायतका व्यसायीहरुले पौष मसान्त आउन थाल्दा समेत कर नबुझाएको करदाता सेवा कार्यालय प्युठानले जनाएको छ ।
आइतवार करदाता सेवा कार्यालयले आफ्नो आधिकारिक फेशबुक मार्फत जिल्लाका रोल्पा र प्युठानका गरी ३ सय ८३ बढी व्यवसायीलाई ताकेता गरेको छ । मुल्य अभिबृद्धि करमा समावेश भएका ती व्यवसायीहरुलाई एक हप्ता भित्र कर चुक्ताको लागि सूचित गरिएको छ ।
Advertisement