सि.पि. पौडेल
पौष २८ प्युठान , स्वर्गद्वारी नगरपालिकामा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ।
प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा आज ८ जनाको एन्टिजेन्ट परीक्षण गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । कोभिड संक्रमित २२ देखी ४८ बर्ष उमेर समुहका रहेका छन्। उनीहरू मध्ये २ जना स्वर्गद्वारी नगरपालिका , १ जना सरुमारानी गाउँपालिका र २ जना घोराही उप- महानगरपालिका हुन्।
उनीहरू सबै अहिले स्वर्गद्वारी नगरपालिका भिंगृमा काम गर्दै आएका छन ।केहि दिन अगाडी काठमाडौं गएको र त्यहाँ बाट फर्किएको २/३ दिनमा रुघाखोकी र ज्वरोको लक्षण देखिएको थियो। कोभिडको लक्षणहरू देखिन थालेपछि परीक्षण गर्दा उनीहरूमा कोरोना पोजेटिभ देखिएको स्वर्गद्वारी नगरपालिका प्यूठानका स्वास्थ्य संयोजक दल बहादुर केसीले जानकारी दिए । केसीका अनुसार संक्रमितहरुलाई अहिले होम आईसोलेसनमा राखिएको छ र स्वास्थ शाखाको निगरानीमा छन । त्यस्तै गरेर जिल्ला अस्पताल प्यूठानमा आज गरिएको ६ जनाको परिक्षण मा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
स्वर्गद्वारीका ५ जनामा काेराेना पाेजेटिभ
स्वर्गद्वारीका ५ जनामा काेराेना पाेजेटिभ
Advertisement
तपाईको प्रतिक्रिया