गन बहादुर पेस्तोल
प्युठान, आर्थिक अभावका कारण मृत्युसंग लड्दै छन् उनी । योनाङ्गमा घाउँ र अण्डकोष सुनिएर छटपट्याएर बाच्न विवस छन् उनी । माण्डवी गाउँपालिका–४ उदयपुरको कृष्ण सुनार दुई वर्षदेखि उनको दैनिकि छटपट्याउदै बाचेका छन् ।
सुनार २ बर्ष देखि सुगर तथा अन्य रोगबाट ग्रसित छन् । उनको सुगर मात्रै नभएर लिङ्गको पिसाब फेर्ने ठाउँमा घाउ तथा अण्डकोस सुनिएर पानी बग्न थालेको छ । सोही कारण उनले दुई वर्षदेखि दिसापिसाव आछ्यानमै गर्दै आएका छन् । नेपालीको आर्थिक अभाव कै कारण उपचार हुन सकेको छैन,उपचारकै लागि अहिलेसम्म लगभग ४÷५ लाख सकिएको उनको श्रीमती सुकिदेवी सुनारले बताइन् ।
रोग बाट ग्रसित सुनारको २ छोरी र २ छोरा समेत छन् । छोरिको विवाह भैसकेको छ । छोराहरु साना छन् । आर्थिक आयको श्रोत नहुँदा सुनारको उपचारमा समस्या भएको छ । सुकिदेवीले आफ्ना श्रीमानलाई बचाइदिन आग्रह गरेकी छन् । ‘मेरो श्रीमानलाई बचाईदिनुस ’ उनले भनिन् ‘श्रीमान निको भएपछि तिरौला नभएर छोरा ठुला भएर तिर्लान ।’
आर्थिक अभावका कारण मृत्युसंग लड्दै कृष्ण
आर्थिक अभावका कारण मृत्युसंग लड्दै कृष्ण
Advertisement
तपाईको प्रतिक्रिया