प्युठान, प्रेस सेन्टर नेपाल,प्युठानकाे गाैमुखी गाउँपालिकामा संगठन विस्तार गरिएको छ । गाैमुखी गाउँपलिका-३ का पत्रकार चिरण बुढामगरकाे अध्यक्षतामा १७ जना सदस्य रहेकाे गाैमुखी शाखा गठन गरिएको प्रेस सेन्टर नेपाल, प्युठानले जनाएको छ।
सेन्टरको उपाध्यक्षमा मनाेज तिर्खे पुन र भरत आचार्य, सचिव रविन्स के.सी., सहसचिव विशाल रानामगर र काेषाध्यक्षमा केसर सुनार निर्वाचित भएका हुन् । सदस्यहरूमा राम बहादुर सुनार, शेर बहादुर सुनार, रमेश आचार्य, त्रिविक्रम कुवर लगायत रहेकाे प्रेस सेन्टर प्युठानका सदस्य शशिधर भण्डारीले जानकारी दिए । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा प्युठान जिल्ला संयाेजक कृष्ण अधिकारी (प्रकास), प्रदेश कमिटी सदस्य तथा गाैमुखी गाउँपालिका कमिटी इन्चार्ज महाविर रानामगर, जिल्ला समन्वय कमिटी सदस्यहरू, प्रेस सेन्टर नेपालका नेता जायश्वर आचार्य, सेन्टरका जिल्ला समन्वय सदस्य शशिधर भण्डारी समृद्ध लगायतकाे उपस्थितिमा भेला भएको हाे । भेलाले पालिकामा पत्रकारको क्षमता वृद्धि, प्रेस स्वतन्त्रता, नागरिकको अधिकार प्राप्तिको लडाइँसंगै भष्ट्राचार, बेथितिकाे बिरूद्धमा राज्यलाई झकझकाउनु पर्ने अथितिहरूकाे धारणा थियाे । प्रेस सेन्टर नेपाल प्युठानकाे पालिका स्तरकाे शाखाकाे हकमा गाैमुखी शाखा पहिलाे संगठन समेत हाे ।
गाैमुखीकाे वाग्लीवाङबाट प्रेस सेन्टरको गाैमुखी शाखा गठन
गाैमुखीकाे वाग्लीवाङबाट प्रेस सेन्टरको गाैमुखी शाखा गठन
Advertisement
तपाईको प्रतिक्रिया