<span;>प्युठान, फागुन २२ गते एमालेले एउटा कार्यक्रमकाे आयाेजना गर्याे । एकीकृत समाजवादीका उपाध्यक्ष सहित पार्टी प्रवेश गर्नेकाे संख्या ठुलाे देखाइएकाे थियाे । “माओवादी केन्द्रका कार्यकर्ताहरूकाे सिंगाे गाउँ नै सरूमारानीकाे एमाले पार्टीले सडक, खानेपानी आयाेजनाकाे बैठक भनी बाेलाएर झुक्याउने काम गरेकाे रहेछ” एक स्थानीयले भने ।
<span;>सरूमारानीमा १ सय ५० घर परिवार एमाले पार्टी प्रवेश गरेकाे प्रचार झुटाे र भ्रमपुर्ण रहेकाे स्थानीय शिवलाल पुनमगरले बताए । मंगलबार एक कार्यक्रम गर्दै उनीहरूले एमालेले छरेकाे भ्रमकाे विराेध गरेका छन् । जनताकाे अधिकार, जनताकाे एजेन्डा बाेक्ने माओवादी केन्द्रकाे तुलना अन्य पार्टीसंग गर्नै नहुने उनीहरूकाे तर्क छ ।
Advertisement