• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख १९, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

लोकप्रिय समाचार

  • १. स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

  • २. प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का


  •   मङ्गलबार, जेठ १४, २०८२ मा प्रकाशित
  • सहकारी विभाग र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र ‘मर्ज’ गरिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी विभाग र केन्द्रलाई ‘मर्ज’ गर्न लागिएको जानकारी दिएका हुन् ।

    Advertisement

    शुक्रवार काठमाडौंमा आयोजना गरिएको राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनपछि सहकारी विभागको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले भने, ‘आवश्यक संरचना राख्ने र अनावश्यक संरचना हटाउने गरेर सरकार अगाडी बढेको छ । सोही अनुसार सहकारी बोर्ड खारेज गरिसकेको छ । अब विभाग र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र एउटै बनाउँछौँ ।’

    त्यस्तै, राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना भएपछि अब विभाग औचित्य के हुन्छ भन्नेबारे स्पष्ट पार्दै मन्त्री अधिकारीले भने, ‘प्राधिकरणले भएका सहकारीको नियमन, सिफारिस र निरीक्षण गर्ने गर्छ । विभागले प्रवर्द्धन लगायतका काम गर्छ । प्राधिकरण र विभागको काम नै छुट्टाछुट्टै छ । आफ्नो आफ्नो कामको जिम्मेवारी पुरा गर्छन् ।’

    उनका अनुसार मुलुकमा ३१ हजार हाराहारीमा सहकारी छन् । गलत गर्नेहरू एक हजार पनि नरहेकोले केही सङ्ख्यालाई लिएर सबै सहकारी समस्याका रहेको भन्ने गरिएको उनले गुनासो गरे ।

    मन्त्री अधिकारीले ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का गरिरहेको जानकारी दिए । मन्त्री अधिकारीले भने, ‘कतिपय व्यक्तिहरू बचत नगर्नेदेखि लगेको ऋण तिर्नु पर्दैनसम्मका प्रचार गरिरहेका छन् । जति नै प्रचार गरे पनि लगेको ऋण तिर्नै पर्छ । नतिरे एकाघरको परिवारको बैंक खाता, सम्पत्ति, पासपोर्ट रोक्का गरिरहेका छौँ ।’

    सहकारीमा जोडिएर ठगी गर्नेहरू मौलाएको गुनासो गर्दै मन्त्री अधिकारी अगाडी भने, ‘एकातिर यस्ता सहकारी पनि रहेका छन् जो जनतासँग प्रत्यक्ष जोडिएको नै छैन । काठमाडौंमा बसेको छ, घर महाकाली छ, काम तथा कार्यक्रम मेची बनाएको छ । त्यस्ताले आफ्नो कार्यविधिभरि ठगेर हिँडेको छ । कतिपय आफ्नो लालचमा लागेर सहकारीमा समस्यामा पारेका छन् ।’

    उनका अनुसार प्राधिकरणले कामको थालनी गरिसकेको छ । अब कसरी प्राधिकरणलाई अगाडी लैजाने भन्नेबारे समेत काम भइरहेको छ । प्रारम्भिक चरण भएकोले काम नदेखिए पनि चाँडै नै प्राधिकरणले कामको गति लिने मन्त्री अधिकारीले जानकारी दिए ।

    सातै प्रदेशको सहकारी मन्त्री र सचिवहरूको बैठक बसेको छ । उक्त बैठकले सहकारीहरू दर्ता भएका तर काम नगरेका सहकारीहरूको दर्ता खारेज गर्ने विषयमा छलफल भएको छ । यसबारे पनि कामहरू अगाडी बढिसकेको मन्त्री अधिकारीले जानकारी दिए ।

    समस्याग्रस्त तीन सहकारीको हिसाब राफसाफ गरिसकेको जानकारी दिँदै मन्त्री अधिकारीले आउँदो जेठसम्म थप दुई सहकारीको हिसाब राफसाफ गर्नेगरि काम गरिरहेको जानकारी दिए ।

    मङ्गलबार, जेठ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र

    लोकप्रिय

    • १.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • २.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय

    भर्खरै

    • १.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • २.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ४.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ५.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ६.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ७.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ८.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.