• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख १९, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

लोकप्रिय समाचार

  • १. स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

  • २. प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी


  •   शनिबार, बैशाख १९, २०८३ मा प्रकाशित
  • – विजयसिंह भारती
    ‘सानो बचत ठूलो काम आफ्नै हातले जोडौ माम’ भन्ने नाराका साथ विक्रम सम्वत २०५४ सालमा प्यूठानको सुन्दर गाउँ खैराका १३ जना युवाहरुको सामुहिक बैठकले मासिक १०० रुपैया का दरले वचत सुरु गर्ने एक बचत समुहबाट फूलबारी वचत तथा ऋण सहकारी संस्थाको जन्म भयो । २०५५ साल साउन २ गते २ हजार ५ सय रुपैंया वचत गरी डिभिजन सहकारी कार्यालय दाङमा दर्ता न. ५० मा सहकारी दर्ता भयो ।

    Advertisement

    महिलाहरुले समुहका माध्यमबाट वचतको सुरुवात गर्न तत्कालिन महिला विकास कार्यालय प्यूठानको सहयोगमा विक्रम सम्वत २०५८ सालमा विजयनगरमा विजयलक्ष्मी महिला वचत तथा ऋण सहकारी संस्था गठन भयो । २०६३ साल असार २३ गते डिभिजन सहकारी कार्यालय रुपन्देहीमा विधिवत दर्ता भएको यस सहकारी २०७३ मा विजयलक्ष्मी कृषि सहकारी संस्थासँग एकीकरण भई विजयलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था स्थापना भएको हो ।

    दिगो, गुणस्तरीय एवं समुदायको उत्कृष्ट रोजाइको सहकारी बनाउने महान उद्देश्यका साथ फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड खैरा र विजयलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड विजयनगर एकआपसमा एकीकरण भई अहिलेको विजय फूलबारी वचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको हो । मिति २०७९ बैशाख १० गते दुवै सहकारी संस्थाको एकीकृत भेलाले संस्था एकीकरणको निर्णय गर्दै ११ सदस्यीय तदर्थ संचालक समिति गठन गर्यो ।

    लुम्बिनी प्रदेश दर्ता अधिकारीको कार्यालयबाट मिति २०७९ भाद्र २४ गते एकीकरणको स्वीकृति प्राप्त गरी सहकारी संस्थाले प्यूठान नगरपालिका वडा नं. ३ जुम्रि बसपार्कमा मुख्य कार्यालय स्थापना गरी सेवाप्रवाह गर्दै आएको छ । सहकारीले मुख्य कार्यालय जुम्रिबाट प्यूठान नगरपालिका र स्वर्गद्धारी नगरपालिका, सेवा केन्द्र खलंगाबाट मल्लरानी गाउँपालिका, फूलबारी सेवा केन्द्र खैराबाट प्यूठान नगरपालिका र ऐरवाती गाउँपालिका, सेवा केन्द्र जस्पुर नयाँगाउँबाट माण्डवी गाउँपालिका सेवा क्षेत्रमा आफ्नो सेवाप्रवाह गर्दै आएको छ । झिमरुक तथा सरुमारानी गाउँपालिकामा पनि सदस्यता विस्तार गरी संस्थाले कार्य प्रारम्भ गरेको छ ।

    सहकारीमा हाल ५ हजार ९४९ जना सदस्य आवद्ध छन् । जसमा ४ हजार ८२ महिला र १ हजार ८५५ पुरुष र १२ सस्थागत सदस्य रहेका छन् ।

    २०८२ चैत्र मसान्तसम्मको वित्तिय विवरण अनुसार ३१ करोड २२ लाख ५ सय ७२ रुपैंया कुल पुँजी रहेको छ । जसमा स्थिर सम्पत्ति ७८ लाख २६ हजार ७४१ रुपैंया ५३ पैसा, वित्तिय लगानीहरु १ करोड ११ लाख २२ हजार ४४१ रुपैया ८३ पैसा, लगानीमा रहेको ऋण १८ करोड ४० लाख ३६ हजार ८२४ रुपैया रहेको छ । बचत निक्षेप २४ करोड ८१ लाख ७७ हजार ६ सय १०,शेयर पुँजी २ करोड ५५ लाख ४६ हजार ९ सय ,जगेडा कोष २ करोड ५ लाख ६७ हजार ८ सय ५६ र ऋण सुरक्षण कोष ७९ लाख ४६ हजार ८ सय ३९ रुपैया रहेको छ ।

    विभिन्न १० प्रकारका वचत खाताहरुबाट कारोवार संचालन गर्दै आएको सहकारीले सदस्यहरुलाई विभिन्न शिर्षकमा कर्जा प्रवाह गर्दै आएको छ । कृषि, व्यापार, घरखर्च, भवन निर्माण, बैदेशिक रोजगार, शैक्षिक, हायरपर्चेज, लघुवित्त ऋण, औषधी उपचार, जग्गा खरिद, युवा स्वरोजगार, आपतकालिन, कर्मचारी सहुलियत ऋण र व्यक्तिगत कर्जा शिर्षकमा सहकारीले आफ्ना सदस्यहरुलाई लगानी गर्दै आएको छ ।

    वचत संकलन र ऋण प्रवाह मात्र होइन, सहकारी सदस्यहरुको जन्मदेखि मृत्युसम्मको सारथी बन्दै आएको छ । सदस्यहरुको १ लाख विमांकको दुर्घटना विमा सहकारीले गरेको छ । कोसेली सहित सुत्केरी भेटघाट र नवजात शिसुलाई प्रोत्साहन रकम दिई सो रकमबाट नवशिसु वचत खाता संचालन हुन्छ । सहकारीले सदस्यहरुको निधन भएमा २५ हजार रुपैया राहत सहयोग र एकाघरका परिवारका सदस्यको निधन भएमा ५ हजार रुपैंया घाट खर्च उपलब्ध गराउँदै आएको छ । सदस्यहरुलाई ५० प्रतिशत अनुदानमा विद्युतिय चुलो उपलव्ध गराउनुका साथै सदस्यहरुलाई सहकारी शिक्षा, संचालक समिति र कर्मचारीहरुको क्षमता विकास सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रमहरु संचालन गर्दै आएको सहकारीले तीज विशेष दरखाने कार्यक्रम, रक्तदान कार्यक्रम, पञ्चेवाजा बजाउने तालिम जस्ता सिपमुलक तथा संस्कृति जगेर्नाका कार्यक्रमहरु संचालन गर्दै आएको छ भने सामाजिक क्रियाकलापका कार्यक्रमहरु पनि उत्तिकै सञ्चालन गरेको छ । ज्येष्ठ सदस्य सम्मान, विद्यालय तथा क्याम्पस स्तरीय विभिन्न प्रतियोगिता, उद्यमी निर्माण कार्यक्रम, ट्राफिक सचेतना, सदस्यको विपतमा सहयोग इत्यादि सहकारीले सञ्चालन गरेका कार्यक्रमहरु हुन् । ग्रामीण समुदायको लागि विजय फूलबारी लघुवित्त कार्यक्रम समेत संस्थाले सञ्चालन गरेको छ ।

    सदस्यहरुलाई कारोवार सहजताका लागि सहकारीले मोवाइल एप संचालनमा ल्याएको छ । सदस्यहरुको औषधी उपचारमा सहुलियतका लागि लुम्बिनी सिटी अस्पताल बुटवलसँग सहकार्य गरिएको छ । रेमिटान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ । सदस्यलाई आपत परेका बेला तत्काल सदस्य सहानुभुतिका कार्यक्रम सञ्चालन गर्ने गरेको संस्थाले कोरोना संकटका बेलामा पनि निश्चित समय तोकी कार्यालय खोलेर सदस्यलाई सेवा दिएको थियो भने कोरोना संक्रमित सदस्यलाई मास्क, सेनिटाइजर च्यवनप्राश सहितको पोको लिएर सदस्य भेटघाट कार्यक्रम सञ्चालन समेत गरेको थियो ।

    सहकारीले उद्यमशिलता, व्यवसाय विकास र सीपमुलक तालिम संचालन गरी स्थानीय श्रोत र साधनमा आधारित उद्यम व्यवसाय संचालनका लागि सहुलियत कृषि ऋण प्रदान गर्दै आएको छ ।

    व्यवसाय संचालनका लागि लगानीको अभावमा रहेका सदस्यहरुलाई सहकारीले व्यवसाय संचालनका लागि ऋण लगानी गर्दै आएको छ ।

    सदस्यका छोराछोरीहरु उच्च शिक्षा हाँसिल गर्नका लागि वा विशिष्टीकत विषयमा अधययन गर्दा सहुलियत व्याजदरमा उच्च शिक्षा शैक्षिक ऋण प्रदान गर्दै आएको छ । यस्तो ऋणमा सदस्यहरुले आफ्ना सन्तानलाई कृषि, स्वास्थ्य, पशु, वन, प्राविधिक, डाक्टर, पाइलट, इन्जिनियर, आईटी, चार्टर एकाउट जस्ता विषयमा उच्च शिक्षा हाँसिल गराउन मद्दत पुगेको छ ।

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कुन)ले सहकारीहरुको स्वःनियम र गुणस्तर मानकीकरणका लागि तयार गरिएको राष्ट्रिय स्तरको गुणस्तरीय सुनिश्चितता कार्यक्रम अन्तरगत प्रदान गर्ने प्रोबेसन ब्राण्ड वचत तथा ऋण सहकारीमा ट्रेड मार्क रजिष्टर्ड हो । गुणस्तरीयता सुनिश्चित गर्ने यो ट्रेड मार्क विजय फूलबारी सहकारीले प्राप्त गरेको छ भने हाल एशियाली स्तरको अन्तराष्ट्रिय स्तरको गुणस्तर प्राप्त गर्ने कार्यक्रम एक्सेस कार्यक्रममा सहभागि भई कार्यक्रमको स्टयाण्डर्ड अनुसार आफ्ना काम कार्वाहीलाई अघी बढाएको छ ।

    नीति विधि र प्रविधिलाई आत्मसाथ गरी अघी बढेको संस्थाले आफ्ना हरेक काम कार्वाही नीति अनुसार अघी बढाएको छ । संस्थामा विभिन्न ३२ प्रकारका नीतिहरु रहेका छन् । साकोस एकरुपता प्रणालीलाई कार्यान्वयनका साथ अघी बढेको संस्थामा कर्मचारी पोशाकमा एकरुपता, नीतिगत एकरुपता, कार्यालय भवनमा एकरुपता, कागजात तथा काम कार्वाही सवैमा एकरुपता कायम गरिएको छ ।

    सहकारीले आफ्ना सेवा प्रवाह र गतिविधिलाई प्रभावकारी बनाउनका लागि विभिन्न उपसमितिहरु गठन गरि क्रियाशिल बनाएको छ ।

    पल्र्स अनुगममन प्रणालीको पूर्ण रुपमा कार्यान्वयन, सदस्य केन्द्रीयता, संस्थागत विकास तथा जोखिम व्यवस्थापन, व्यवस्थापन तथा योजना, जवाफदेहिता तथा सुशासन र कानुनी दायित्वका सुचकहरुलाई प्रभावकारी एवं तोकिएको मापदण्ड अनुसार संस्थाले कार्यान्वयन गरेको छ ।

    प्यूठान जिल्लाको सहकारी अभियानाको नेतृत्व गरिरहेको विजय फूलबारीले सहकारीका माध्यमबाट उत्पादन केन्द्रीत नीतिलाई प्राथमिकतामा राखी जिल्लाको अग्रणी सहकारी संस्थालाई समुदायको मनको ढुकढुकी बन्नको लागि ‘सुखी सदस्य, उत्कृष्ट साकोस’ परिकल्पना अनुसार अघि बढेको छ ।

    शनिबार, बैशाख १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!
    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    लोकप्रिय

    • १.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • २.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय

    भर्खरै

    • १.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • २.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ४.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ५.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ६.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ७.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ८.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.