जनखोजी समाचारदाता
Advertisement
मकैको बीउ उत्पादनको पकेट क्षेत्रका कृषकलाई लक्षित गरेर सहकारीमार्फत कृषि औजार हस्तान्तरण गरिएको छ।
वडा नं २ र ३ मा बीउ उत्पादनको कार्यक्रम सञ्चालन गरिरहेको विजयनगर महिला सानाकिसान सहकारी संस्था लिमिटेडमार्फत मिनि हातेट्याक्टर, मकै छोडाउने मेसिन, फरुवा कोदाली लगायत कृषि औजार हस्तान्तरण गरिएको हो।
प्यूठान नगरपालिका र सहकारीको साझेदारीमा उक्त क्षेत्रका कृषकले मकैको बीउ उत्पादनका लागि खेती थालेका छन्। सोही कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको हो।
सहकारीका अध्यक्ष शर्मिला राउतको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा नगरप्रबक्ता सुमनराज श्रेष्ठ प्रमुख अतिथी र वडा नं २ का अध्यक्ष मोहन सिंह विष्ट विशेष अथिती रहनुभएको थियो।


