• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

कहा पुग्यो लुम्बिनीमा माओवादीको तीन महिने अभियान ?


  •   मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
  • Advertisement

    जनखोजी
    मंगलबार, २६ भदौ २०८० लुम्बिनी,  नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान देशव्यापी रुपमा सञ्चालन गरिरहेको छ । सोही क्रममा लुम्बिनी प्रदेशमा पनि वडा तहसम्म कार्यक्रम सञ्चालन भइरहेको छ । माओवादी केन्द्रका नेताहरू जनतासँग विभिन्न कार्यक्रम लिएर घर–घरमा पुगेका छन् ।
    प्रदेशका १०९ स्थानीय तहका ९०० वडामा अभियान चलेको माओवादी लुम्बिनी प्रदेश कार्यालयले जनाएको छ । पार्टीले केन्द्रीय सचिव हितमान शाक्यलाई लुम्बिनी प्रदेश इन्चार्जको जिम्मा दिएर खटाएको छ । शाक्यले लुम्बिनी प्रदेशका विभिन्न ७ वटा जिल्ला पुगेर कार्यक्रम गरेका छन् । पार्टीले केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य र प्रदेशका पदाधिकारीहरूलाई आफ्नो भूगोल परिवर्तन गरेर खटाएको छ । प्रदेशमा पार्टीका सदस्य १ लाख २५ हजार पु¥याउने लक्ष्य रहेको लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले बताए । उनले पार्टी सदस्य वृद्धिसँगै भएका सदस्यहरू शुद्धीकरण पनि गर्नुपर्ने आवाज आएको बताए ।
    उनले भने, ‘अहिले हामीले एक लाख १२ हजार पार्टी सदस्य संख्याबाट बढाएर एक लाख २५ हजार पु¥याउने लक्ष्य राखेका छौँ, त्योभन्दा पनि धेरै पु¥याउन सक्थ्यौँ तर हामीले सदस्यको शुद्धता पनि ध्यान दिएका छौँ ।’


    पार्टीले के सन्देश दिन सक्छ ?
    अहिले ठुला पार्टीका नेतृत्वको सम्बन्ध जनतासँग टुटेको छ । माओवादीलाई पनि त्यो बोध भएर नै अहिले अभियान सुरु गरेको नेताहरु बताउँछन् ।
    खासगरी पछिल्लो समय दलहरू सरकार गठन, भागबण्डा केन्द्रित र नेताहरू आफ्नो पद जोगाउन केन्द्रित रहेको अवस्थामा अहिले माओवादीले चलाएको अभियानबाट केही हदसम्म जनताको समस्या बुझ्ने, नेताहरूले जनतालाई भेट्ने काम हुने सो पार्टीका नेता तथा कार्यकर्ताको भनाइ छ ।
    माओवादी जनयुद्धताकाजस्तै अहिले सो पार्टीका नेताहरु भूगोल परिवर्तन गरेर जनताको घरमै बस्ने र खाने गरेका छन् । जसले गर्दा पुराना कार्यकर्ता तथा जनतासँग भेट्ने अवसर पनि प्राप्त भएको छ । उनीहरूका समस्या बुझ्ने र आत्मीयतामा वृद्धि गरेको छ । प्रदेश अध्यक्ष अध्यक्ष बरालले जिल्लामा गएका नेताहरूले पठाएको रिपोर्ट आधारमा पार्टीलाई बलियो बनाउन यो अभियानले महत्वपूर्ण साथ दिने छ ।
    दैनिक जिल्ला–जिल्लाबाट आउने रिपोर्टमा पार्टीले जनताको समस्या उठाउनु पर्ने, सरकारमा हुँदा केही समस्या नदेख्ने तर प्रतिपक्षमा गएपछि जनताका समस्या देख्ने प्रवृत्तिबाट पार्टीलाई माथि उठाउनुपर्ने जस्ता सुझाव हुने गरेको उनले बताए ।
    माओवादी यो देशमा परिवर्तनको नेतृत्व गर्ने शक्ति हो भन्ने मान्यतालाई स्थापित गर्न जनताको घर–घरमा पुगेको प्रदेश अध्यक्ष बरालको भनाइ छ ।
    कार्यक्रमको मोडालिटी कस्तो ?


    लुम्बिनी प्रदेशमा नेकपा एमालेले ग्रासरुट अभियान, नेपाली कांग्रेसले जिल्लामा प्रशिक्षण सम्पन्न गरेको छ । ती दुई पार्टीले भन्दा अहिले माओवादीको तीन महिने अभियान अलि फरक ढङ्गबाट सञ्चालन भएको छ ।
    माओवादीले पाल्पाको तिनाउमा सरसफाइबाट आफ्नो अभियान सुरु गरेको थियो । कतिपय ठाउँमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ भने कतिपय ठाउँमा रक्तदान गरेको छ । प्युठानमा बाटो निर्माण, विद्यालय सरसफाई, स्वास्थ्य चौकी सरसफाई, सहिद परिवार सम्मान, भेटघाट लगायतका कामहरु गरिहरको छ । यस्तै पार्टी र सरकारको बारेमा जनताको प्रतिक्रिया लिने र सरकारले गरेका कामहरूको व्याख्या गर्ने गरेको छ । विगतमा माथिबाट निर्देशनात्मक भाषण हुने भए पनि अहिले सुरुमा जनताबाट पार्टी र सरकारसँग जोडिएका प्रश्न र सुझाव राख्ने अनि नेतृत्वले जवाफ दिने गरेको अध्यक्ष बरालले बताए ।

    यसरी सुरुमा तल्लो तहबाट प्रतिक्रिया लिँदा पार्टीको अधिवेशन, नेताहरूको तल्लो तहका कार्यकर्तासँग सम्बन्ध, सरकारले सुशासनको पक्षमा गरेको कामले पनि जनतामा सकारात्मक सन्देश प्रवाह भएको उनको भनाइ छ ।
    कुन जिल्लामा कसको नेतृत्वमा अभियान चल्दै ?
    अभियान अन्तर्गत स्थायी समिति सदस्य गणेशमान पुन रुपन्देहीमा खटिएका छन् । यस्तै, हकीकुल्ला खाँ नवलपरासीमा, महेश गहतराज कपिलवस्तुमा, इन्द्रजित थारु पाल्पामा, जोगबहादुर महरा गुल्मीमा खटिएका छन् । बाँकेमा कुल प्रसाद केसी(सोनाम), बर्दियामा पूर्ण कुमारी सुवेदी, दाङमा जयपुरी घर्ती, प्युठानमा निर्मल आचार्य खटिएका छन् । यस्तै रोल्पामा पूर्ण बहादुर घर्ती, अर्घाखाँचीमा वामदेव क्षेत्री, रुकुममा कमला रोकाको नेतृत्वमा प्रदेश, जिल्ला, पालिका, वडा समितिका पदाधिकारी तथा सदस्यहरू जनतासँग प्रत्यक्ष भेटघाटमा खटिएका छन् ।
    नयाँ पार्टीको तरङ्गले माओवादीमा कस्तो प्रभाव ?
    हालै सम्पन्न निर्वाचनमा नयाँ पार्टीले एक प्रकारको तरङ्ग ल्याएसँगै ठुला तथा पुराना पार्टीको रूपमा चित्रण भएका नेपाली कांग्रेस, एमाले र माओवादीलाई चुनौती थपिएको छ ।
    स्थानीय तहको निर्वाचनमा पनि केही पालिकामा स्वतन्त्र उम्मेदवारका रुपमा मेयर र अन्य पदमा निर्वाचित भएका छन् । त्यसबाट ठुला पार्टीमा कार्यकर्ता कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ ।ठुला दलहरू दैनिक सत्ता सञ्चालनमा व्यस्त हुँदा गाउँमा कार्यकताहरुसँग सम्पर्क टुटेको अवस्था छ । जनता र कार्यकर्ता निराश छन् ।
    अध्यक्ष बरालले जिल्लाबाट आएको रिपोर्टका आधारमा अहिलेका नयाँ पार्टी पनि पुरानाजस्तै हुँदै जाने संकेत देखिएको भन्दै नयाँ जेनेरेसनले त्यसलाई विकल्पका रुपमा नलिने दाबी गरे ।
    यद्यपि, माओवादी पार्टीको संगठनात्मक संरचना, उठाउने मुद्दाहरु, कार्यशैली पुनर्संरचना गर्नुपर्ने उनको ठहर छ । त्यसलाई सकारात्मक चुनौतीको रूपमा आफूले लिएको उनले बताए ।
    चन्दा नउठाउने नीति
    पार्टीको तीन महिने अभियान अन्तर्गत केन्द्रले चन्दा नउठाउन निर्देशन दिएको छ । उक्त निर्देशन पालना गर्र्दै लुम्बिनी प्रदेशमा कार्यक्रमको खर्च आफैँ व्यवस्थापन गर्ने काम भइरहेको अध्यक्ष बराल बताउँछन् ।
    नेताहरू जनतासँग बस्ने, उनीहरूसँगै खाने गरी कार्यक्रम चलिरहेको उनको भनाइ छ । खाना र बस्न जनताले दिए पनि यातायात तथा कार्यक्रम गर्दा चिया बिस्कुट आदिको व्यवस्थापनका लागि केही पार्टी निकट व्यापारी तथा शुभेच्छुकबाट सहयोग प्राप्त भएको माओवादीको लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।

    मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.