गजल
Advertisement
खरबारीमा घाँस काट्न नाम्लो कचिया समाउ अब
पैसाको खर्च मात्रै हो ब्युटीपार्लर तिर नधाउ अब
आधा शरीर देखाएर अस्तित्व गुमाउनु भन्दा पनि
आमाको पुरानै शरिर ढाक्ने सारी चोली लाउ अब
किन खान्छौ म : म , पिज्जा किन खान्छौ बर्गर
आफ्नै खेतीबाट उब्जिएको अन्न बाली खाउ अब
आफ्नो मन निक्कै भारी भको होला तिज गितले
आमा दिदी बहिनी सबै जना सङ्गसङ्गै रमाउ अब
छाडापन र अश्लिल शब्द राखी गित गाउनु भन्दा
नारिको दुख बिर्साउने पिर बेदनाका गित गाउ अब
हिरामाया श्रेष्ठ ( राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक )
गजुरी १ धादिङ