• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख ०७, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव


  •   बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित
  • दाङ, ५ मंसिर । लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा लुम्बिनी प्रदेशको समग्र विकासको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ । मुख्यमन्त्री चेतनाराण आचार्यले प्रधानमन्त्री समक्ष प्रदेशको समग्र विकास संग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी सुनिश्चित सहितको बिषय उठान गरिदिन अनुरोध गर्नु भएको छ । भ्रमणको क्रममा राजधानी शहर निर्माणको लागि चाहिने स्रोत सुनिश्चित देखि चीनको छेन्दुबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सिधा हवाई उडानको बिषयलाई प्राथमिकतामा राख्न बिशेष जोड दिएको मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा.रामबहादुर राउतले जानकारी दिनुभएको छ ।
    प्रदेशको राजधानी क्षेत्र ग्रामिण अवस्थामा रहेको छ । प्रदेश सरकारले आफ्नो प्रदेश राजधानीलाई पर्यटकीय तथा सांस्कृतिक शहरको रुपमा निर्माण गर्नेगरी त्यसको डिजाईन गरिसकेको छ । त्यसको कार्यान्वयनको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरण समेत गठन गरेको छ । सरकारबाट राजधानी शहर निर्माणको लागि लगानीकर्ताको खोजी गरिरहेको जानकारी दिदै चीन भ्रणको अवसरमार राजधानी शहर निर्माणको लागि लगानीका बिषयमा बिषय उठान गरिदिन अनुरोध गरिएको हो ।‘शहर निर्माणका लागि प्रदेश सरकारको बजेटले मात्रै पुग्दैन् । नीजि क्षेत्र तथा दातृ निकायको सहयोग चाहिन्छ । त्यसका लागि लगानी खोज्ने काम अघि बढेको छ । प्रधानमन्त्री ज्यूको चीन भ्रमणको एजेण्डामा प्रदेश राजधानी शहर निर्माणको एजेण्डा समावेश होस भन्ने चाहेका छौं’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘राजधानी शहर निर्माणको लागि एक खर्ब बजेट लाग्ने अनुमान छ । यसका लागि २० बर्षको अवधि तोकेर गुरुयोजना बनिसकेको छ । अव लगानी खोजेर काम गर्ने चरणमा छौं ।’
    यस्तै भ्रमणको क्रममा चीनको सिचुआन प्रान्तको छेन्दुबाट सिधै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सिधा हवाई उडानको लागि पैरवी गर्ने एजेण्डा पनि प्रस्तावको रुपमा समेटन अनुरोध गरिएको छ । ‘लुम्बिनीमा तिर्थाटनका लागि दैनिक सैयौं संख्यामा चीनिया तथा हजारौं संख्यामा अन्य देशका तिर्थयात्री आउने गर्नु भएको छ । तिर्थयात्रीको सुविधाको लागि चीनको सिचुआन प्रान्तको छेन्दुबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा दैनिक सिधा हवाई उडानको पैरवही गरवीका लागि आग्रह गरेका छौं’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘सिधा हवाई उडान भएको खण्डमा लुम्बिनीमा वेग्लै रौनक छाउने आशा हामिले गरेका छौं ।’

    Advertisement

    बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!
    हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!
    इनिशा बिकको न्याय माग्दै कोहलपुरमा निरन्तर शान्तिपूर्ण प्रदर्शन!
    प्युठान नगरपालिकाद्वारा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति र अध्ययन सहयोग

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.