जनखोजी संवाददाता
प्युठान, माण्डबी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधले शुक्रबारदेखि पदभार ग्रहण गरेका छन । नव निर्वाचित अध्यक्ष नमराज अधिकारी (रोशन) र उपाध्यक्ष पूर्ण कालाथोकीले पदभार गरेकै पहिलो दिन जनपक्षिय लोकप्रिय कार्यक्रमलाई अगाडी सार्ने निर्णय गरेका छन् ।
शुक्रबारको बैठकले जनताको आधारभुत आवश्यकतालाई मध्यनजर गरी माण्डवी वासी जनताको निःशुल्क स्वास्थ्य बिमा गरि जनताको आधारभुत उपचार निःशुल्क गर्ने पहिलो निर्णय गरेको छ ।
Advertisement