केशर सुनार
प्युठान । नेपाली गीत-संगीतको बजारमा पछिल्लो समय लोक दोहोरीले फरक आयामहरू थपिरहेको छ। यसैक्रममा लोक तथा दोहोरी क्षेत्रमा नयाँ सांगीतिक कोशेलीका रूपमा ‘फुलजस्तै पयालै’ बोलको गीत सार्वजनिक भएको छ।
गायिका रञ्जिता विश्वकर्माको प्रस्तुतिमा तयार पारिएको यस गीतमा बहुचर्चित गायक खेम सेन्चुरी र रञ्जिता विश्वकर्माको सुमधुर स्वर रहेको छ। सर्जक विक्रमबाबु विश्वकर्माको शब्द रचना रहेको यस गीतमा असीम चन्द्र विश्वकर्माले संगीत र थेगो भरेका हुन्। 1 डीबी स्टुडियोमा राज खड्काले रेकर्ड गरेको यस गीतलाई एच.बी.एन. किस्मतले संगीत संयोजन (एरेञ्ज) गरेका छन्। गीतको एरेञ्जमेन्ट पक्ष निकै आकर्षक बनेको निर्माण टिमको दाबी छ।
गीतको भिडियोमा चर्चित कलाकारद्वय प्रकाश सपुत र अञ्जली अधिकारीको दमदार अभिनय देख्न सकिन्छ। एउटा प्रेमील जोडीको माया र प्रेमलाई गीतको शब्द र भिडियोमार्फत सुन्दर ढंगले पर्दामा उतारिएको छ। एकेन्द्र सारा शंकरले निर्देशन गरेको यस भिडियोलाई नवराज उप्रेतीले छायांकन र असीम चन्द्र विश्वकर्माले सम्पादन गरेका हुन्।
नेपाली लोक संस्कृतिको झल्को दिने गरी आधुनिक शैलीमा निर्माण गरिएको यस लोक दोहोरी गीतलाई ‘रञ्जिता विश्वकर्मा’ अफिसियल युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक गरिएको हो। यो गीतले विगतका सिर्जनाहरु जस्तै बजारमा दर्शक तथा स्रोताको भरपुर माया पाउने अपेक्षा गरिएको छ।
भिडियो हेर्नुहोस् :


