शशिधर भण्डारी
प्युठान, हावाहुरीले प्युठानकोे स्वास्थ्य चौकी, विद्यालय सहित दर्जनौ घरका छाना उडाएको छ । शुक्रबार बेलका ६ बजेतिर आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँका विद्यालय, स्वास्थ्य चौकी र घरका छानाहरु उडाएको हो ।
नौबहिनी गाउँपालिका–८ फोप्लीमा रहेको स्वास्थ्य चौकीको करिब आधा भागमा रहेको छाना उडाएको स्वास्थ्य चौकीका प्रमुख प्रकाश घिमिरेले जानकारी दिए । स्वास्थ्य चौकीको छाना उडाएपछि कार्यालय भित्रै पानी पसेको छ ।
अत्यावश्यक सामानहरु समेत पानीले भिझाएको छ । स्वास्थ्य चौकीको छाना उडाएपछि स्वास्थ्यकर्मी अहिले स्थानीयको घरमा बसेका छन् ।
नौबहिनी गाउँपालिका–७ बास्कोटमा रहेको ने.रा. प्रा.वि.को छानो उडाएको छ । रातीको समयमा भएकोले क्षति विवरण एकिन भने हुन सकेको छैन् ।
त्यसै गरी जिल्लाका विभिन्न ठाउँमा घरहरुको छानो उडाउँदा समस्या भएको छ । झिमरुक गाउँपालिकाका दर्जनौ घरहरुको छानो हावाहुरीले उडाएपछि समस्या भएको छ । झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर एम.सी.का अनुसार झिमरुक गाउँपालिका–३ र ४ मात्रै दर्जन बढीघरहरुको छानो उडेको छ ।
छानो उडेपछि स्थानीयहरु छिमेकीको घरमा आश्रय लिएका छन् । रातीको समयमा अनुगमनमा निस्केका पालिकाका अध्यक्ष एम.सी.ले क्षति विवरण यकिन गरी राहतको व्यवस्थापन गर्ने बताएका छन् ।
जनखोजी साप्ताहिकबाट….
हावाहुरीले विद्यालय, स्वास्थ्य चौकी सहित दर्जनौं घरका छाना उडायो
हावाहुरीले विद्यालय, स्वास्थ्य चौकी सहित दर्जनौं घरका छाना उडायो
Advertisement
तपाईको प्रतिक्रिया