• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

जस्ले हराउनेलाई हराए


  •   शनिबार, जेठ ०७, २०७९ मा प्रकाशित
  • प्युठानमा भत्कियो मोहन विक्रम सिंहको किल्ला

    शशिधर भण्डारी
    प्युठान, भनिन्छ ‘पृथ्वी गोलो छ , कुर्नु पर्छ पालो सबै आउँछ ।’ प्युठानका केही पालिकामा त्यस्तै भयो । प्युठानमा पाँच वर्ष भन्दा वढी कुर्नु परेन ।
    पहिलो निर्वाचनमा हराउनेहरुलाई यस पटक हराइयो । २०७४ सालमा भएको निर्वाचनमा हराएका नेतालाई २०७९ मा हराइएको छ ।
    प्युठानको माण्डवी गाउँपालिकामा २०७४ सालमा एमालेका श्रीधर रोकासंग माओवादी केन्द्रका नम राज अधिकारीले १२ मतले हारे । जिल्लामा माओवादीको चर्चित पालिका भनेर चिनिएको माण्डवीमा अधिकारलाई १२ मतले हराएर रोका चर्चित बनेका थिए । तर यो पटक अधिकारीले रोकालाई  २५७ मतान्तरले हराएका छन् ।
    अधिकारीले ३६७६ मत लिए भने रोकाले ३४९९ मत लिएका छन् । २०७४ मा रोकाले १७५३ र अधिकारीले १७४१ मत लिएका थिए ।
    त्यस्तै रोचक नौबहिनी गाउँपालिकामा पनि हुन पुग्यो । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट २०७४ मा पहिलो पटक गाउँपालिकाको अध्यक्षमा शिव रिजाल विजय भएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी थिए । एमाले नेता डिलराम थापा ।
    पहिलो पटक काँग्रेस नेता रिजालले हराएकोमा यस पटक थापाले रिजाललाई हराएका छन् । काँग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका रिजाललाई थापाले हराएका हुन् । थापाले ६५८५ मत लिए भने रिजालले ५६३५ मत लिएका छन् । २०७४ सालको निर्वाचनमा रिजालले ५७३५ मत लिएका थिए भने थापाले ४५७५ मत लिएका थिए ।

    Advertisement

    भत्कियो मसालको राजधानी

    नेपालको कम्युनिष्ट आन्दोलनका अग्रज मानिने नेता मोहन विक्रम सिंहको स्थानीय तहमा राजमो पराजित हुन पुगेको छ । राजमोले जितेको झिमरुक गाउँपालिकामा यस पटक राजमो र नेपाली कांग्रेस गठबन्धन एकातिर थियो भने अर्कोतिर एमाले र माओवादी केन्द्र वीच गठबन्धन भएको थियो । झिमरुकमा पालिका प्रमुखमा माओवादी केन्द्रका पित बहादुर एम.सी. र उपाध्यक्षमा नेपाली काँग्रेसका प्रमोद पोखरेल विजयी भएका छन् । बाग्लुङ, अर्घाखाँची र प्युठानमा प्राथमिकता दिँदै अन्य स्थानमा सत्ता गठबन्धनलाई साथ दिएको राजमोले झिमरुक पराजय भएको हो ।

    चार पत्रकार निर्वाचित

    प्युठानका तीन पालिका र एक वडा पालिकामा पूर्व पत्रकार विजयी भएका छन् । नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष तथा केन्द्रीय परिषद सदस्य महाविर रानामगर गौमुखी गाउँपालिकाको उपाध्यक्षमा विजयी भएका छन् । संघका पूर्व उपाध्यक्ष प्रमोद पोखरेल झिमरुक गाउँपालिकाको उपाध्यक्ष पदमा विजयी भएका छन् । पूर्व पत्रकार देवेन्द्र बर्मा प्युठान नगरपालिकाको उपप्रमुख र पत्रकार महासंघका पूर्व सहसचिव नोमराज पौडेल मल्लरानी गाउँपालिकाको वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

    तिन जनप्रतिनिधि दोहोरिए

    जिल्लामा सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्मा, ऐरावती गाउँपालिकाका प्रमुख नविल विक्रम शाह र गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरी पुनः निर्वाचित भएका हुन् । जिल्लामा नौबहिनीको अध्यक्षमा शिव रिजाल, उपाध्यक्षमा घन बहादुर बुढामगर, ऐरावतीको उपाध्यक्षबाट अध्यक्षमा बुद्ध बहादुर बस्नेत, माण्डवी गाउँपालिकामा श्रीधर रोका पुनः उम्मेदवारी दिएपनि पराजित भएका हुन् ।

    दुई महिला

    जिल्लाका नौ स्थानीय तहमध्ये २ वटा पालिकामा मात्रै महिला जनप्रतिनिधि निर्वाचित भएका छन् । नौबहिनी र सरुमारानीमा दुई महिला उपाध्यक्ष विजयी भएका हुन् । जिल्लामा गठबन्धन दलमा महिला प्राथमिकतामा नपर्दा महलिा सहभागिता घटेको हो ।

    पहिलो महिला वडाअध्यक्ष

    प्युठानका दुई वडामा पहिलो पटक महिला वडा अध्यक्ष विजयी भएका छन् । प्युठान नगरपालिका १ मा साधना राउत र सरुमारानी गाउँपालिका ५ मा लक्ष्मी पल्लीमगर वडाअध्यक्ष बनेका हुन् । २०७४ सालमा वडा अध्यक्ष पदमा प्युठानमा शुन्य थियो ।

    ९ स्थानीय तहको नतिजा

    प्युठानका नौ स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले तीन प्रमुख चार उपप्रमुख, माओवादी केन्द्रले तीन प्रमुख एक उपप्रमुख, नेकपा (एमाले)ले दुई प्रमुख र दुई उपप्रमुख र राष्ट्रिय जनमोर्चाले एक प्रमुख र दुई उपप्रमुखमा विजयी हासिल गरेका छन् । ६४ वडा मध्ये रुख चिन्ह लिई २१, सुर्य चिन्ह लिई २०, हसियाहथौडा चिन्ह लिई ९, गिलास चिन्ह लिई १०, लौरो र हास चिन्हमा १÷१ वडा अध्यक्ष विजयी भएका छन् । ति मध्ये १ माओवादी र १ नेपाली काँग्रेसको सर्मथन र समर्थक छन् ।

    १. नौबहिनी गाउँपालिका
    गाउँपालिका अध्यक्ष ः–
    डिल बहादुर थापा मगर (सुर्य)– ६५३७ (विजयी)
    शिव रिजाल (रुख)– ५६६२ (गठबन्धन– रुख पराजित)
    गाउँपालिका उपाध्यक्ष ः–
    विष्णा थापा (के.सी.) (सुर्य)– ६३०४ ( विजयी)
    घन बहादुर बुढा (सचिन)–६५३२ (गठबन्धन– हसिया हतौडा पराजित)
    (माओवादी, एकीकृत समाजवादी र काङ्ग्रेस गठबन्धन)

    २. प्युठान नगरपालिका
    नगरप्रमुख
    विष्णु योगी (हसिया हथौड़ा) – ९३२३ (विजयी)
    विजयविराज बिष्ट(सुर्य)– ७८१६
    नगर उपप्रमुख
    देवेन्द्र वर्मा (रूख)– ९४९० विजयी
    पबित्रा जीसी(सुर्य) –७१८२
    (गठबन्धन माओवादी केन्द्र, काङ्ग्रेस र राष्ट्रिय जनमोर्चा)

    ३. स्वर्गद्वारी नगरपालिका
    नगरप्रमुख
    राम प्रसाद श्रेष्ठ (सुर्य)– ५१७०
    टेक प्र. भण्डारी (गठबन्धन )ः= ७७३६ बिजयी
    नगरउपप्रमुख
    गौरी भट्टराई (बरापाते) (सुर्य)–५०२६
    मिनराज राना मगर (गिलास)–७३४७ बिजयी
    गठबन्धन माओवादी केन्द्र, काङ्ग्रेस र राष्ट्रिय जनमोर्चा)

    ४. माण्डवी गाउँपालिका
    अध्यक्ष
    श्रीधर रोका (सुर्य) ः ३४१९
    रोसन अधिकारी (हसिया हथौडा) ः ३६७६ (बिजयी)
    उपाध्यक्ष
    सम्झना घर्ती (सुर्य) –३३१२
    पुर्ण कालाथोकी (रुख) – ३५८६ (बिजयी)
    (गठबन्धन काङ्ग्रेस, माके, राजमो, नेकपा)

    ५. मल्लरानी गाउँपालिका
    अध्यक्ष
    कृष्ण वहादुर खड्का (गिलास)–३५७६ (विजयी)
    शिवराज श्रेष्ठ (सुर्य)– ३०८९
    उपाध्यक्ष
    रमेश श्रेष्ठ (रूख)–३३९१ (विजयी)
    इश्वरा आचार्य (सुर्य) ३०८२
    (काङ्ग्रेस र राजमोको गठबन्धन )

    ६. सरुमारानीमा गाउँपालिका
    अध्यक्ष
    झग बहादुर बिश्वकर्मा(सुर्य)–४२८०
    मुकुन्दराज शर्मा( रूख)–४१९४
    उपाध्यक्ष
    बसन्ता खड्का(सुर्य) –४३९४
    गुप्त बहादुर राना(हसिया हथौड़ा)–३९४७
    (गठबन्धन काङ्ग्रेस, माके, राजमो, एस)

    ७. ऐरावती गाउँपालिका
    अध्यक्ष
    नविल विक्रम साह(रूख)– ४६६९विजयी
    बुद्ध बहादुर बस्नेत(हसिया हथौड़ा)–२६२५
    उपाध्यक्ष
    कृष्णप्रसाद श्रेष्ठ(गिलास)–४६४७ विजयी
    टीका बहादुर गुरूङ–१७२१ स्वतन्त्र
    (राजमो र काङ्ग्रेसको गठबन्धन, माओवादी र स्वतन्त्र उम्मेदवार)

    ८. गौमुखी गाउँपालिका
    अध्यक्ष
    विष्णु कुमार गिरी(रुख)–३६४९ विजयी
    ज्ञामुराम न्यौपाने(गिलास)–२२९७
    उपाध्यक्ष
    महाविर रानामगर(हसियाहथौडा)–४३४६ विजयी
    ज्ञानुमाया के.सी.(सुर्य)–३०३०
    (काँग्रेस र माकेको गठबन्धन)

    ९. झिमरुक गाउँपालिका
    अध्यक्ष
    पित बहादुर एम.सी.(हसियाहथौडा)–५९२९ विजयी
    टिका बहादुर जि.सी.(गिलास)–५६९६
    उपाध्यक्षमा
    प्रमोद पोखरेल(रुख)–६४१९ विजयी
    विष्णा घर्ति(सुर्य)–४५६२
    (काँग्रेस र राजमोको गठबन्धन, एमाले र माकेको गठबन्धन )
    ज्नखोजी साप्ताहिक

    शनिबार, जेठ ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.