जगत खनाल / तुल बहादुर कवर भालुबाङ जेठ २८गुणस्तरीय शिक्षाको विकास भए मात्र समाज र देशकाे विकास सम्भव हुने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ।
नेकपा ( माओवादी) केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिकाले अायाेजना गरेकाे नव निर्वाचित जनप्रतिनिधिहरु लाई बधाई तथा स्वागत कार्यक्रममा साे कुरा बताउनु भएकाे हाे।
साथै उहाँले राप्तीगाउँपालिकामा अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्न सक्ने प्रविधि युक्त शिक्षा लागु गर्नका लागि विभिन्न शिक्षाविदहरु सँग छलफल भैरहेको र साे काे लागि प्रदेश तथा संघिय सरकार सँग अावश्यक सहयाेग माग गर्ने बताउनु भएको छ।
विशिष्ट अथितिको आसन बाट बोल्दै अध्यक्ष विष्टले संविधानमा व्यवस्था भएको कक्षा १०सम्मकाे निशुल्क शिक्षा लाई यस गाउँपालिकामा कार्यान्वयन गर्न लागिएको बताउनु भएको थियो !
यस क्रममा शिक्षक व्यवस्थापन संगै विद्यालयकाे भाैतिक अवस्था लाई सुधार गर्न अागमी अार्थिक वर्षमा अधिक्तम बजेट विनियोजन गरिने समेत बताउनु भयो ।संगठनका अध्यक्ष कृष्ण बहादुर बुढा मगरकाे अध्यक्षता तथा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष श्यामेस चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष , सामाजिक विकास समिति संयाेजक तथा गाउँपालिकाका प्रवक्ता पहलमान चैधरी ,जिल्ला समन्वयन समिति सदस्य द्राेपता चाैधरी,वडा सदस्यहरु बिष्णु पाेख्रेल,शान्त प्रसाद चाैधरी,तुलसा वि.क., कार्यपालिका सदस्य रण बहादुर पुजाली लगाएतले अा अाफ्नाे भनाइहरु राख्नु भएकाे थियोे भने कार्यक्रमकाे सञ्चालन संगठनका सचिव गाेविन्द चाैधरीले गर्नु भएकाे थियो ।