नेत्र खनाल
दाङ, नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) राप्ती गाउँपालिका संगठन समितिको पदाधिकारी वैठक सम्पन्न भएको छ । स्थानीय सदस्य निर्वाचन २०७९ सालमा स्थानीय तहको निर्वाचनको समिक्षा तथा आगामी रणनीति बारे छलफल गरिएको हो ।
स्थानीय तहको निर्वाचनको समिक्षा र अवको रणनिति बारे छलफलका लागि बैठकको आयोजना गरिएको नेकपा(माओवादी केन्द्र)का राप्ती संगठन समिति अध्यक्ष श्यामेश चौधरीले बताए । श्यामेश चौधरीको अध्यक्षतामा भएको वैठकले पालिकाको आगामि योजनाका विषयमा छलफल तथा निर्णय गरेको छ ।
बैठकले आगामी वजेट भाषणमा सुकुम्बासी समस्याको बिषयलाई हल गर्न माग गरेको छ । भालुवाङ नगर बिकास समितिका सदस्य पदका लागि पार्टीको तर्फ बाट तपराज आचार्य र गंगा गिरीलाई पठाउने निर्णय गरेको छ। राप्ती गाउँ कार्यपालिकामा पार्टीको अध्यक्ष प्रकाश बिष्टको राजनिति सल्लाहकारमा बिपि खनाल र जगत थापालाई पठाउने निर्णय गरेको छ भने कार्यपालिकाका अध्यक्षको प्रेस संयोजकको बिषयमा टुङगो नलागेको पार्टी सह–सचिब वसन्त नेपालीले जनखोजि डटकमलाई जानकारी दिए ।
राप्तीको चुनावी समिक्षा, गाउँपालिकाको राजनितिक सल्लाकारमा खनाल र थापा
राप्तीको चुनावी समिक्षा, गाउँपालिकाको राजनितिक सल्लाकारमा खनाल र थापा
Advertisement
तपाईको प्रतिक्रिया