नेत्र खनाल
दाङ,नेकपा(माओवादी केन्द्र) राप्ता गा.पा. अध्यक्ष श्यामेश चौधरीले प्रदेश सांसदमा उम्मेद्वारी दिने दावी गरेका छन् । रोल्पा पुगेर चौधरीले आगामी संघ र प्रदेशको निर्वाचनमा दाङ क्षेत्र नं. १ को क बाट उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
जनयुद्धको आधार इलाकाको रुपमा रहेको रोल्पा पुगेर आगामी मङ्सिर ४ गतेहुने संघ र प्रदेशको चुनाबमा दाङ क्षेत्र न.१ को क बाट गठबन्धनको तर्फबाट आफुले प्रदेश संसदमा उमेदवारी दिने घोषणा गरेका थिए । चौधरी २०७४ सालको स्थानीय तहको चुनावमा राप्ती गा.पा.मा अध्यक्ष पदका उम्मेदवार पनि हुन चौधरी संगठन परिचालनका लागि कुशल संगठन कर्ता मानिन्छन् । सुरुवाती अवस्थादेखि जनयुद्धमा लागेका चौधरी देश र जनताको पक्षमा अग्रस्थानमा रहेर जनताको काम गर्न तथा प्रदेश राजधानी ब्यबस्थापनका लागि आफ्नो उम्मेदवार रहेको बताए ।
चौधरी प्रदेश सभाको उम्मेद्वारका लागि बलियो दावेदार मानिन्छन् ।
श्यामेशको घोषणाः दाङ क्षेत्र नं. १ को क बाट उम्मेद्वारी
श्यामेशको घोषणाः दाङ क्षेत्र नं. १ को क बाट उम्मेद्वारी
Advertisement
तपाईको प्रतिक्रिया