नेत्र खनाल, राप्ती उपत्यका
सामाजिक सञ्जालको दुरुपयोगको आरोप लागेका राप्ती गाउँपालिकाका विश्वेश्वर खनाल (विपि खनाल)लाई माओवादी केन्द्रको साधारण सदस्य नरहने गरी कारबाही गरिएको छ ।
२०७९ आषाढमा राप्ती बचाउ अभियान नामक फेशबुकबाट लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारु, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन राप्ती गाउँपालिका संगठन कमिटिका अध्यक्ष गञ्ज बहादुर विष्ट, नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिका सचिवालय सदस्य जगत बहादुर थापा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश कमिटि सदस्य नेत्र खनाल, वाईसिएल राप्ती का.वा. अध्यक्ष सरद गिरी लगायतलाई सामाजिक र व्यक्तिगत जीवनसंग जोडेर गालीगलौज गरेका थिए ।
बिहिवार बसेको नेकपा माओवादी केन्द्र राप्ती गाउँसंगठन कमिटिको सचिवालय बैठकले संगठनको साधारण सदस्य समेत नरहने गरी पार्टी सदस्य समेतबाट निस्कासन गरेको जनाएको छ । सामाजिक संञ्जाल दुरुपयोग गरेका खनालले २०७९ मंसिर २३ गते जिल्ला प्रहरि कार्यालयमा आफ्नो कसुर स्वीकार गरेका थिए भने खनाल राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको सहजिकरणलाई नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठनले सचिवालयमा पठाएको सचिव तुला गिरीले जानकारी दिए ।
सामाजिक संञ्जाल दुरुपयोग गरेका खनाललाई पार्टीबाट निस्कासन
सामाजिक संञ्जाल दुरुपयोग गरेका खनाललाई पार्टीबाट निस्कासन
Advertisement
तपाईको प्रतिक्रिया