Advertisement
जनखोजी संवाददाता
प्युठान, बैंक तथा वित्तिय संस्थाहरुले लिने चर्को व्याजदर र राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा निर्देशिका २०७९ को प्युठानमा चर्को बिरोध भएको छ ।
प्युठान उद्योग वाणिज्य संघको अगुवाईमा विरोध कार्यक्रम गरिएको हो । प्युठान उद्योग वाणिज्य संघ र प्युठान नगर बजार क्षेत्रमा हस्ताक्षर अभियान मार्फत विरोधको ऐक्यवद्धता जनाउने कार्यक्रम गरेको हो । विरोध कार्यक्रममा प्युठान नगरपालिकाको विजुवार, बाग्दुला, जुम्री र क्वाडीमा हस्ताक्षर संकलन गरिएको हो । हस्ताक्षर अभियान १५ देखि २१ गतेसम्म चल्ने प्युठान उद्योग वाणिज्यसंघले जनाएको छ ।
विरोधमा १५ देखि २१ गतेसम्म हस्ताक्षर, १७ गते कालो पट्टी बाधेर विरोध, १८ छलफल तथा धर्ना लगायतका कार्यक्रम रहेका छन् ।