तुल बहादुर कुवर
देउखुरी, राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको पहिलो बैठकले माघी पर्वको शुभकामना र शोक प्रस्ताव पारित गरेको छ ।
शुक्रबार गाउँपालिकाको सभाहल मसुरीयामा भएको गाउँसभाको पहिलो बैठकमा गाउँसभाका अध्यक्ष प्रकाश विष्टले माघी पर्वका अवसरमा गाउँपालिकाबासीहरूलाई शुभकामना व्यक्त गर्नुका साथै माघी पर्वले सवै जातजाति, भाषाभाषी, विभिन्न धर्मावलम्बीहरू बीच आत्मिय सम्बन्ध कायम रहोस् भन्ने कामना समेत गरेको वताए ।
त्यस्तै अध्यक्ष विष्टले केही महिना अगाडि राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य मुकेश चौधरीको असमाहिक निधन प्रति दुख व्यक्त गर्दै शोकसन्तव्द परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका हुन् ।
त्यस्तै गाउँसभाका सदस्यहरूले १ मिनेट मौन धारण समेत गरेका थिए । गाउँसभाका अध्यक्ष विष्टले दोस्रो गाउँसभाको दोस्रो अधिवेशनको दोस्रो बैठक आगामी माघ १५ गते बिहान ११ बजे गाउँपालिकाको सभाहल मसुरीया गरेका छन् ।
राप्तीको गाउँसभाः माघि शुभकामना, शोक प्रश्ताव पारित
राप्तीको गाउँसभाः माघि शुभकामना, शोक प्रश्ताव पारित
Advertisement
तपाईको प्रतिक्रिया