काठमाण्डौ ३१ वैशाख(जनखोजी)ः नक्कली शरणार्थी बनाएर विदेश लैजाने नाममा भएको ठगी मुद्दामा फरार रहेका एमाले नेता तथा सांसद टोपबहादुर रायमाझी आज पक्राउ परेका छन् । फरार भएको ११औँ दिनमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरी उच्च स्रोतका अनुसार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायत निकायबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । दुई साताअघि उनीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि आत्मसमर्पण गर्न प्रहरीले सहजीकरण गरेपछि झुक्याउँदै उनी फरार भएका थिए ।
गत २० वैशाखमा गृहजिल्ला अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रममा सहभागी हुँदा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको थियो । त्यस दिन काठमाडौं गएर प्रहरीलाई सघाउने उनले बताएका थिए ।
तर, त्यो दिन काठमाडौं आएनन् । भोलिपल्ट पक्राउ गर्न प्रहरी टोली गएकोमा आफैँ प्रहरीमा उपस्थित हुने भन्दै पक्राउ नगर्न आग्रह गरेपछि प्रहरी टोली फर्किएको थियो । प्रहरीलाई झुक्याएर उनी फरार भएका थिए । उनका छोरा सन्दीपलाई भने २० वैशाखमै प्रहरीले पक्राउ गरिसकेको छ । रायमाझी बाबु–छोराले बिचौलिया गिरोहबाट पटक–पटक पैसा लिएको पुष्टि भएपछि पक्राउ पुर्जी जारी भएको थियो ।
सो मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाण चार दिनदेखि हिरासतमा छन् । सात बिचौलियासहित यसअघि १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ
एमाले सचिव टोपबहादुर रायमाझी काठमाडौंमै पक्राउ
एमाले सचिव टोपबहादुर रायमाझी काठमाडौंमै पक्राउ
Advertisement
तपाईको प्रतिक्रिया