रिता आचार्य,बिजुवार/प्रवक्ता सुमनराज श्रेष्ठले गरिब तथा जेहेन्दार विधार्थिलाई सहयोग गर्नुभएको छ ।
५९औ विद्यार्थी दिवसको अबसरमा प्युठान नगरपालिकाका प्रवक्ता एवम वडा नं ३ का वडाध्यक्ष सुमनराज श्रेष्ठ द्वारा नगरपालिका अन्तर्गत रहेको वडा नं ४ स्थित नेपाल राष्ट्रिय विधालय टारिका कक्षा ६ मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थी समिर रानालाइ शैक्षिक सामाग्री उपलब्ध गराउनुभएको छ ।
Advertisement
उहाँले प्युठान नगरपालिकामा सहयोग गर्नु पर्ने धेरै बच्चा र विधार्थीहरु रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो ” म आफुले सानो सानो कामबाट ठुलो खुशी र बिद्यार्थी दिवसको अर्थपूर्ण महत्त्वलाई सम्झनका निम्ति यो प्रयास गरेको हुँ “। साथै श्रेष्ठले विद्यार्थी छनोट गर्ने र सहयोग प्रदान गर्न भुमिका निर्वाह गरेकोमा विधालय परिवारलाइ धन्यवाद प्रकट गर्नुभएको छ ।