प्युठान, २९ फागुन(जनखोजी) । सहकारी केन्द्र नेपाल लुम्बिनी प्रदेशले पूर्णता पाएको छ । मंगलवार लमहीमा आयोजित पूर्ण बैठकबाट पदाधिकारी चयन गरिएको हो । बैठकले लुम्बिनी प्रदेशको अध्यक्षमा बाँकेका हरि प्रसाद चालिसेको नेतृत्वमा समिति निर्माण गरेको हो ।
बैठकले प्युठानका प्रकाश बैद्य (पोखरेल) र रुपन्देहीका मोतीलाल ढकाललाई उपाध्यक्ष, विश्व प्रकाश अधिकारी(दागं) सचिव, लालु राना कोषाध्यक्ष र कृष्ण भुसाल(पाल्पा)लाई सहसचिवमा चयन गरेको हो ।
बैठकले सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकारहरुमा टिकाराम पोखे्रल(प्युठान), दोर्ण भुसाल(अर्घाखाँची), चित्र प्रसाद खनाल(बर्दिया) र जानुका घर्तिमगर(पाल्पा) रहेका छन् ।
एकजना उपाध्यक्ष चयन गर्न बाकी रहेको छ । केही दिन अघि भएको भेलाले ४५ सदस्यीय समिति चयन गरेको थियो ।
Advertisement