प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) माण्डवी गाउँपालिका संगठन समितिको जस्पुरमा पालिका स्तरीय कार्यालय शनिवार उद्घाटन भएको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले कार्यालयको उद्घाटन गरेका छन् । खड्का सहित प्रदेश कमिटि सचिवालय सदस्य नारायण प्रसाद अधिकारी प्रदेश कमिटि सचिवालय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण अधिकारी(प्रकाश) लगायतको उपस्थितिमा कार्यालयको रिवन काटेर उद्घाटन गरिएको हो ।
पार्टी संगठनका गतिविधि र सांगठनिक काम कारवाहीमा सहज हुने विश्वास लिइएको छ ।
Advertisement