प्युठान, प्युठानमा संघ र प्रदेशबाट विनियोजित वजेट मध्ये ७२ कराेड वजेट फ्रिज भएको छ । काेष तथा लेखा नियन्त्रण कार्यालय प्युठानका प्रमुख देवराज पाेख्रेलले जिल्लामा रू ७२ कराेड ६८ लाख ७२ हजार २१ वजेट फ्रिज भएको जानकारी दिनुभयाे ।
आ.व. २०८०/०८१ मा संघबाट जिल्लामा रू. ५ अर्ब ८८ कराेड ४२ लाख ५१ हजार ६०३ वजेट विनियोजन भएको थियाे । त्यसमध्ये रू ५ अर्ब ६३ कराेड ४५ लाख ९० हजार ४५० खर्च भएको काेष तथा लेखा नियन्त्रण कार्यालय प्युठानका प्रमुख पाेख्रेल दिनुभयाे। उहाँका अनुसार संघकाे वजेटबाट २४ कराेड ९६ लाख ६१ हजार १५३ रूपैयाँ फ्रिज भएको हाे ।
त्यसैगरी आ.व. २०८०/०८१ मा लुम्बिनी प्रदेशबाट रू १ अर्ब ८४ कराेड ४१ लाख २८ हजार २३० विनियोजित भएकोमा रू १ अर्ब ३६ कराेड ६९ लाख १७ हजार ३४१ खर्च भएको हाे । प्रदेशबाट प्राप्त बजेटबाट रू ४७ कराेड ७२ लाख १० हजार ८६८ खर्च भएको काे.ले.नि. कार्यालय प्युठानले जनाएको छ ।
।
प्युठानमा ७२ कराेड वजेट फ्रिज
प्युठानमा ७२ कराेड वजेट फ्रिज
Advertisement
तपाईको प्रतिक्रिया