प्युठान, गौमुखी गाउपालिकाको ठुलाबेसिमा दुई दिने निशुल्क आँखा शिविर संचालन गरिएको छ।
नेपाल नेत्रज्योति सङ,राप्ती अँखा अस्पताल दाङको आयोजना तथा प्राविधिक सहयोग र डाक फाउन्डेसनको आर्थिक सहयोगमा शिविर संचालन गरिएको छ । गौमुखी गाउँपालिका प्युठान स्थानीय आयोजकको रुपमा रहेको छ । पहिलो दिनमा जम्मा ३२३ जानाले चेकजाँच गराएको पुरन ओलिले बताए । ३५ जना मोतिबिन्दु भएका र ५ जनाकोसामान्य सल्यक्रिया गरि ४० जनाको सल्यक्रिया गरिएको डा. सन्तोष सुबेदीले बताए ।
दुर्गम र उपचारमा पहुँच नपुगेका ब्यक्तिलाई सेवा पुर्याउने र अन्धोपन न्यूनीकरण गर्ने उदेश्यले शिविर संचालन गरिएको सुवेदीको भनाइ छ ।
सेवा सुबिधाको हिसाबले दुर्गम गाउँमा रहेका साथै आर्थिक बिपन्न र गरिबीको रेखामुनि रहेका ब्यक्तिलाई सहजरुपमा उपचार दिनको लागि गौमुखी गाउँपालिकाको समेत पहलमा शिविर संचालन गरिएको स्वास्थ्य शाखाका केशव बहादुर के.सी.ले जानकारी दिए ।
शिविरमा स्वास्थ्य परामर्श, औसधि वितरण , चस्मा र अप्रेसनको ब्यबस्था गरिएको केशव के.सी.ले जानकारी दिए । शिबिरमा १४ जना स्वास्थयकर्मिहरुको सहभागीता रहेको छ भने शिविर शुक्रबार सम्म चल्नेछ।
गौमुखिमा निःशुल्क आँखा शिविर संचालन
गौमुखिमा निःशुल्क आँखा शिविर संचालन
Advertisement
तपाईको प्रतिक्रिया