प्युठान, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रप्रति युवाकाे क्रेज ह्वात्तै बढेको छ । जिल्लाकाे मल्लरानी गाउँपालिका-१ र प्युठान नगरपालिका-९ गरी दुई वडाका १५७ मंगलबार माओवादी केन्द्रमा प्रवेश गरेकाछन् ।
नेकपा ( माओवादी केन्द्र )प्युठान नगरकमिटी-९ र मल्लरानी गाउकमिटी-१ को आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १५७ जना युवाहरु माओवादी केन्द्रमा सामेल भएको माओवादी केन्द्र प्युठानले जनाएको छ । नवप्रवेशीहरुलाइ नेकपा ( माओवादी केन्द्र )का केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का,नेकपा ( माओवादी केन्द्र )प्युठानका इन्चार्ज नारायण अधिकारी,नेकपा ( माओवादी केन्द्र )प्युठानका संयोजक कृष्ण अधिकारी ( प्रकाश ),
प्युठान नगर इन्चार्ज कृष्ण घिमिरे, प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपती, नगर अध्यक्ष बिष्णु योगि लगायतले स्वागत गरेका थिए।
प्युठानमा माओवादी क्रेजः दुई वडाका १५७ माओवादी केन्द्रमा प्रवेश
प्युठानमा माओवादी क्रेजः दुई वडाका १५७ माओवादी केन्द्रमा प्रवेश
Advertisement
तपाईको प्रतिक्रिया