• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, फागुन ०२, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

माओवादी महाधिवेशन र अपेक्षा


  •   सोमबार, पुष १२, २०७८ मा प्रकाशित
  • महाविर रानामगर
    नेकपा (माओबादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन आइतबार देखि काठमाडौमा सुरु भएको छ । माओवादी पार्टी जीबनमा पहिलो पटक टोल,वडा,स्थानीय तह,प्रदेश सम्मेलन हुँदै राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न लागिएको हो । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा प्रस्तुत आमन्त्रित अन्य पार्टीका नेताहरु र अध्यक्ष प्रचण्डको बिचार एवं महाधिवेशनमा सहभागी प्रतिनिधिहरुको उत्साहलाई आधार मान्दा यो महाधिवेशनले अत्यन्तै गुरुत्वर महत्त्व बोकेको कुरामा दुइमत रहन सक्दैन । प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा देखी,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल सम्म,जसपाका अध्यक्ष उपेन्द्र यादव देखि एमाले महासचिव शंकर पोख्रेल सम्म,माले महासचिव सिपी मैनाली देखि राजमो का उपाध्यक्ष दुर्गा पौडेल सम्म सबैले माओवादी महाधिवेशनलाई सिङ्गो राष्ट्रले चासोका साथ नियालिरहेको र माओवादी आन्दोलन एवं नेतृत्वका कारण नै मुलुकमा गणतन्त्र,संघियता,धर्मनिरपेक्षता,समानुपातिक समावेसी जस्ता विषयहरु सम्भव भएको साथै यो महाधिवेशन माओवादीको मात्र नभएर प्रत्यक्ष परोक्ष रुपमा राष्ट्रकै महाधिवेशन बनेको स्विकारोक्ती व्यक्त गर्नुले माओवादी केन्द्रको आठौं महाधिवेशनको गरिमा र महत्त्व स्पष्ट हुन्छ । परिबर्तनको प्रमुख सम्बाहक शक्ति भएकाले महाधिवेशन बाट पार्टीले लिने निर्णयले राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण प्रभाव पार्ने निश्चित प्राय छ । क्रान्तिकारी बिचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौं राष्ट्रिय महाधिवेशन भन्ने मुलनाराका साथ आयोजित महाधिवेशनले माओवादी केन्द्रको नयाँ विचार संश्लेषणसहित कार्यदिशा निर्माण गर्नेछ । आफूलाई वास्तविक अर्थमा क्रान्तिकारी पार्टीको रूपमा रूपान्तरण गर्दै पार्टीले भन्दै आएको समाजवादमा कसरी पुग्ने र त्यो समाजवादको खाकालाई मुर्तरुप दिनुपर्दछ र दिनेछ । संविधानको प्रभावकारी कार्यान्वयन र संविधानमा समेट्न नसकिएका बर्ग,क्षेत्र र उत्पीडित समुदायका हकअधिकारलाई स्थान दिन पार्टीले लिने पहलका सन्दर्भमा ठोस ढङ्गले नीति लिनु पर्दछ । एमाले,काङ्ग्रेस लगायतका राजनीतिक पार्टीहरुका महाधिवेशनहरु सम्पन्न भएपनि कुनैपनि पार्टीहरुले देश र जनताका तमाम समस्याहरु कसरी समधान गर्ने भन्ने स्पष्ट बिचार र नीति दिन सकेका छैनन् । पार्टीको क्रान्तिकारी रूपान्तरणको विषयमा गम्भीर समिक्षा सहित देश र जनता सामु खडा तमाम खाले समस्याहरुको बस्तुपरक समाधानको नेतृत्व गर्ने रिक्तता पुरा गर्ने अभिभारा माओवादी केन्द्रको यी आठौं राष्ट्रिय महाधिवेशनले पूरा गर्नुपर्दछ । पार्टीलाई नैतिक आचरणयुक्त, क्रान्तिकारी विचार, जीवन्त जनसम्बन्ध र दर्बिलो वर्गीय पक्षधरतामा उभ्याउन यो महाधिवेशनले सुस्पष्ट मार्गनिर्देशन गर्न अत्यन्तै जरुरी छ । बर्तमान अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिको तथ्यपरक विश्लेषणका आधारमा क्रान्तिका अधुरा कार्यभारहरुलाई पूरा गर्न मुलनारामा भनिए जस्तै क्रान्तिकारी विचारको संश्लेषण आवस्यक छ र त्यस्लाई इमानदारी पुर्बक कार्यान्वयन गर्ने नेतृत्व टिम निर्माण गर्ने आफ्नो प्राथमिक अभिभारालाई यो महाधिवेशनले पुरा गर्नुपर्दछ । अबको माओवादी आन्दोलनको गन्तव्य कहाँ हो ? रणनीति के हो ? कर्यनीति के हो ? माओवादीका तत्कालीन र दीर्घकालीन कार्यभारहरु के के हुन् ? माथी देखि तल सम्म माओवादी संगठन कस्तो बन्नुपर्छ ? माओवादी नेताकार्यकर्ताले अबलम्बन गर्ने आचरण र संस्कृती कस्तो हुनुपर्छ ? नेताकार्यकर्ताको काम र क्षमताको मुल्यांकन गर्ने विधि पद्धति कस्तो हुने ? यी र यस्ता प्रश्नहरुको समुचित हल दिदै पार्टीमा वास्तविक अर्थमा क्रान्तिकारी रुपान्तरणको अभियान आठौं महाधिवेशन बाट माओवादीले सुरुगर्न सकेन भने यो पार्टी पनि नेपालका परम्परागत संसदीय पार्टीहरु भन्दा पृथक हो भन्ने कुनै आधार रहनेछैन । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनले माओवादी आन्दोलनको बिगतको निर्मम समिक्षा गर्न जरुरी छ । राजनीतिक व्यबस्था परिबर्तनको क्रान्तिको नेतृत्व गरेको माओवादी पार्टीमा जनयुद्धकालिन समयको जस्तो क्रान्तिकारी उर्जा र अनुशासन,त्याग र समर्पणमा शान्तिप्रक्रिया सङ्गै किन क्षयिकरण भयो? सरकार संचालन देखि पार्टी संचालन सम्म कहाँ कहाँ गल्ती कमजोरी भए ? एउटा गौरवपुर्ण विरासत बोकेको पार्टीमा किन टुट्फुट र बिभाजन आयो ? हजारौं सहीदहरुको बलिदान,हजारौं घाइते,योद्धाहरुको त्याग समर्पणका मुल्यहरु किन धुमिल बन्न पुगे ? माओवादी पार्टीले इतिहासको तथ्यपरक समिक्षा गर्दै त्यस बाट गम्भीर शिक्षा लिएर आफुलाई क्रान्तिकारी रुपान्तरणको प्रक्रियामा अघि बढाउनुपर्छ र त्यस्को सही थलो राष्ट्रिय महाधिवेशन हो । यसर्थ राष्ट्रिय अन्तरास्ट्रिय परिस्थितिको बस्तुपरक बिश्लेष्णका आधारमा सही कार्यदिशा निर्माण गरी मुलुकको नेतृत्व गर्दै समाजवादको लक्ष्यमा पुग्न योग्यतम क्रान्तिकारी पार्टी निर्माणका लागि माओवादीकेन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सफल हुने अपेक्षा गरौं ।

    Advertisement

    • prachanda
    सोमबार, पुष १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.