पौष २५ गते, २०७८ आइतवार
जनखोजी संवाददाता
काठमाडौं । सिसिएमसिको आज बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
Advertisement
माघ १५ गतेसम्मका लागी विद्यालय बन्दगर्ने निर्णय भएको प्रवक्ता सुनिता नेपालले बताएकी छिन् । पछिल्ला दिनहरुमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । निदको २ सय भन्दा संक्रमण ननाघेकोमा पछिल्लो दिनहरुमा १ हजार नाघ्न थालेको छ ।
‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ उनले भनिन्, ‘ निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’